फाकफोकथुममा एक जना ५२ वर्षिय पुरुषको लडेर मृत्यु

  नयाँ बुलन्द
1.3k Shares

 

इलाम : फाकफोकथुम गाँउपालिका २ कोल्बोटेका ५२ वर्षिय लाल बहादुर राईको लडेर मृत्यु भएको छ ।

सोमबार बेलुका ५ बजे गाँउबाट घर फर्कने क्रममा घर नजिकै चिप्लिएर बाटोबाट अदान्जी ७ मिटर तल खसेर मृत्यु भएको अबस्थामा स्थानियले फेला पारेका थिए ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली गएर थप अनुसन्धान गर्दै गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार