थप ४,१८७ जना कोरोना संक्रमणमुक्त

  नयाँ बुलन्द
42 Shares

थप ४,१८७ जना कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपाल कोरोना संक्रमणमुक्त हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  कोरोनाका कारण हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार