चिवाभञ्ज्याङमा निर्माण सम्पन्न बीओपी नयाँ भवन संचालनमा

  नयाँ बुलन्द
42 Shares

 

इलाम : सिमावर्ती क्षेत्र चिवाभञ्ज्याङमा सिमा सुरक्षाका लागि खट्ने सशस्त्र प्रहरीका लागि निर्माण गरिएको बोर्डर आउट पोष्ट (बीओपी) भवन निर्माण भएको छ । चिवा भारतकाे सिक्किम राज्यसँग सिमाना जाेडिएकाे स्थान हाे ।

सशस्त्र प्रहरी बल एक नम्वर प्रदेशका बाहिनीपति (डिआइजी) बंशिराज दाहालद्वारा भवन उद्घाटनपछि संचालनमा आएको छ । ९८ लाख ६६ हजार रुपैंयाको लागतमा भवन निर्माण गरिएको बताइएको छ । चिवाभञ्ज्याङमा २०७७ साल भदौ १८ गते बीओपी स्थापना गरिएको थियो । यसअघि भवन नभएकाले याङवरक गाँउपालिकाले निर्माण गरेको होमस्टेमा बीओपीका लागि खटिएका शसस्त्र प्रहरीहरु बस्दै आएका थिए ।

संघीय सरकारको आर्थिक लगानीमा भवन निर्माण भएको हो । याङवरक गाँउपालिकाले भान्छाघर निर्माणमा सहयोग गरेको हो । भवन उद्घाटन समारोहमा याङवरक गाँउ पालिका प्रमूख लेखनाथ घिमिरे, उप प्रमूख कमलकुमारी योङहाङ, पाँचथरका प्रमूख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल र सशस्त्र प्रहरी बल फिदिमका प्रमूख किशोरकुमार श्रेष्ठ सहित सरोकारवालाको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार