इलाममा लम्बियो असार ७ गतेसम्म निषेधाज्ञा

  नयाँ बुलन्द
175 Shares

 

तस्वीर : निरोज खड्गीको फेस्बुक वालबाट

इलाम : इलाममा असार ७ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले म्याद थप्ने निर्णय गरेको हो ।
सक्रिय संक्रमितहरुबाट कोभिड–१९ विस्तार भई जनस्वास्थ्यमा हुने असर निणन्त्रण गर्न इलाममा निषेधाज्ञा एक साता थप गरिएको जनाइएको छ ।

जिल्लामा तिब्र गतिमा फैलिँदै गरेको कोभिड–१९ को विस्तार रोक्न बैशाख २६ गतेबाट जारी निषेधाज्ञाको जनस्तरबाट समेत पालना भएको छ ।
संक्रमितहरुको परीक्षणको दायरा बढाइएकोले संक्रमितको संख्यामा उल्लेख्य कमि नदेखिएको भएपनि संक्रमण नियन्त्रण गर्न थप निषेधाज्ञा प्रभावकारी रहेको समितिके ठहर गर्दै उक्त निर्णय गरेको बताइएको छ । जेठ २९ गतेसम्म जिल्लामा संक्रमितको संख्या सात सय ५२ रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार