फिदिममा ८० वर्षिय बृद्धको गएराती हत्या

  नयाँ बुलन्द
693 Shares

 

पाँचथर : फिदिम नगरपालिका ४ का ८० वर्षिय एक वृद्धको हत्या भएको छ ।
जोरसाल बजार नजिकैको कुमालटारमा बसोबास गर्दै आएका टेक बहादुर इङ्वाको गएराती धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ ।

उनको टाउको र शरिरमा गम्भिर चोट देखिएको छ । उक्त घरमा टेककबहादुर र उनकी ८४ बर्षीया श्रीमती कालिमाया मात्रै बस्ने गर्थे । टेकबहादुर सेवानिबृत्त भारतीय सेना हुन् ।

आइतबार बिहान बाबु आमालाई भेट्न भनेर आउँदा बाबुको हत्या भएको थाहा पाएको कान्छि बुहारी रिता इङ्वाले जानकरी दिइन् । टेकबाहादुरका दुई छोरा र तीन छोरी छन् । छोराबुहारी फिदिम २ मा बस्दै आएका छन् । घटनाको बिषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तस्वीर : साझासवाल अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार