पारीवारीक निजी वन संघ इलामद्वारा इलाम अस्पताललाई आइ भी स्ट्यान्ड हस्तान्तरण

  नयाँ बुलन्द
140 Shares

इलाम : पारीवारीक निजी वन संघ जिल्ला साखा इलामले अाज इलाम अस्पताललाई अाइ भी स्ट्यान्ड हस्तान्तरण गरेको छ । इलाम अस्पतालको ईमर्जेन्सी सेवामा आइ भी स्ट्यान्डको अभाव भएपछि वितरण गरिएको निजि वन संघ इलाम साखाका अध्यक्ष रविन्र्द सुवेदीले बताए । जिल्ला युवा समिति इलामका अध्यक्ष प्रकाश घिमिरे, अनेरास्ववियु इलामका अध्यक्ष मिलन खत्रि,एपोलो हस्पिटल ईलामका सुसान्त चापागाईंको उपस्थितिमा इलाम अस्पताल का अस्पताल व्यवस्थापक क्षितिज खतिवडा र इमर्जेन्सी सेवाका इन्चार्ज टीका लुइँटेल लाई संयुक्त रूपमा आई भी स्ट्यान्ड हस्तान्तरण गरिएको हो । पारिवारिक निजि वन ईलामका किसानले संकलन गरेको र केन्द्रीय कार्य समितिको सहयोगमा १७ हजार ५ सय वरावरको स्कृनवाला आइ भी स्ट्यान्ड हस्तान्तरण गरिएको निजि वन संघ इलाम साखाका अध्यक्ष रविन्र्द सुवेदीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार