देउमाई नगरपालिका ६ मा काठे पोलहरु विस्थापन

  नयाँ बुलन्द  172 पटक हेरिएको

इलाम : इलामको देउमाइ नगरपालिका वडा नम्बर ६ का विभिन्न टोलमा विजुलीका लागि प्रयोग गरिएको काठका पोलहरु विस्थापन गरिएको छ ।

स्थानीय समाजसेवी राजकुमार लिङदेनको पहल र अगुवाईमा विगत २० वर्षदेखि जीर्ण अवस्थामा रहेका काठका पोलहरु विस्थापन गरी स्टील पोलहरु राखिएका छन् ।

काठका पोलका ठाउँमा स्टीलका पोल गाडिएपछि वडाबासीहरु खुसी भएका छन् । जोखिमयुक्त अवस्थाका पोलहरु हटाएसँगै जोखिम पनि हटेको भन्दै स्थनीयबासीहरु सुखी छन् ।

लिङदेनले विगतमा पनि आफ्नै विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । आगामी दिनमा समेत सामाजिक कार्यमा क्रियाशील रहनने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार