इलाममा करेन्ट लागेर एककाे मृत्यु

  नयाँ बुलन्द  989 पटक हेरिएको

इलाम : छिमेकीको घरमा विजुलीको तार बनाउने क्रममा इलाममा आज एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । इनपाका ५० वर्षीय वीरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको हो ।

इलाम बजार नजिकै लिम्बू छिमेकी दिलबहादुर मगरको घर लगेको विद्युत तार बिग्रीए पछि विद्युत पोलमा तार बनाउने क्रममा करेन्ट लागेर भुईंमा ढलेका थिए । उनलाई उपचारका लागि इलाम अस्पताल ल्याउँदा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिएका छन् । अहिले घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार