जेसिबी बोकेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, दुई जना घाईते

  नयाँ बुलन्द  159 पटक हेरिएको

 

तस्वीर : १ नम्बर प्रदेश प्रहरी कार्यालय,विराटनगरको पेजबाट

इलाम : सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा ट्रकमा करेन्ट लाग्द दुई जनाको मृत्यु, दुई जना घाइते भएका छन् ।

जेसिबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जाँदै गरेको ग१क ५१७३ नम्बरको ट्रकमा सडक माथि टाँगिएको बिद्युतको मेन तारलाई जेसिबीले छुईन गई करेन्ट लाग्दा दुई जनाको घटना स्थलमानै मृत्यु भएको छ भने दुई जना घाईते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय,विराटनगरले जनाएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाँउपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसिबी चालक स्याङजा का २३ बर्षीय राम परीयार रहेका छन् ।

घाईतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाँउपालिका ८ का १९ बर्षीय बसन्त पौडेल र राम परियारको श्रीमती २० बर्षीया लिला परियार रहेका छन् ।

घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रनाउको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटि गई घाईतेहरुलाई उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाईएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार