वि केयर फाउन्डेसन द्वारा बिपन्न नागरिकलाई सहयोग

  नयाँ बुलन्द  35 पटक हेरिएको

इलाम : वि केयर फाउन्डेसनले बिपन्न नागरिकलाई सहयोग गरेको छ । यो कोरोना कहरको बिशम परिस्थितिमा उक्त फाउन्डेसनले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो । फाउन्डेसनले इलाम जिल्ला सहित छिमेकी जिल्ला झापाका बिपन्न नागरिकलाई सहयोग गरेको छ ।

मेचिनगर ९ का मृगौला पिडित किरण कटुवाल लाई उपचार खर्च स्वरूप नगद १० हजार सहयोग गरेको छ भने अर्जुनधारा ३ जुकेखाडी डाडागाउ मा रहेका अति बिपन्न ८ परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

फाउन्डेसनले इलामको लक्ष्मीपुरमा समेत कोरोना भाईरस नियन्त्रणमा आवस्यक पर्ने स्वास्थ सामाग्री बितरण गरेको फाउन्डेसनका सदस्य मनिस बस्नेतले जानकारी दिए । यस्तै फाउन्डेसनका संयोजक बुद्ध भूषण योन्जनले यो अभियान निरन्तर जारी रहने समेत जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार