नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अझै घटेन, थप १०८ जनाको मृत्यु

  नयाँ बुलन्द  54 पटक हेरिएको


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या अझै घटेन, थप १०८ जनाको मृत्यु, परीक्षणको ३० प्रतिशतमा संक्रमण

काठमाडौं : नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै कमी आउन सकेको छैन । मंगलबार मात्रै १०८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सरकारले निषेधाज्ञालाई खुकुलो बनाउँदै लगे पनि मृतकको संख्या घट्न सकेको छैन ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ । कूल संक्रमितको १ दशमलव ६ प्रतिशतको मृत्यु भएको हो । मंगलबार ५ हजार १ सय ५३ संक्रमित थपिएका छन् । १२ हजार ६५ पीसीआरबाट ३ हजार ८ सय ७० तथा ५ हजार ६ सय ११ एन्टिजेनबाट १ हजार २ सय ८३ गरी १७ हजार ६ सय ७६ परीक्षणको झण्डै ३० प्रतिशतमा संक्रमण भएको हो ।

थपिएकामा काठमाडौंका ८ सय ३६, झापाका ३ सय १८, ललितपुरका २ सय ६९, कास्कीका २ सय २०, मोरङ्गका १ सय ९१, सुनसरीका १ सय ७१ तथा भक्तपुरका १ सय २१ जना हुन् ।

अहिलेसम्म ५ लाख ९५ हजार ३ सय ६४ जना संक्रमित भइसकेका छन् । आज ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म ५ लाख ४ हजार ५ सय ३० जना संक्रमणमुक्त भएका छन् । यो कुल संक्रमितको ८४ दशमलव ७ प्रतिशत हो । हाल ८२ हजार ७ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार