इलाममा एकैदिन १७६ जना कोरोना संक्रमण मुक्त

  नयाँ बुलन्द  29 पटक हेरिएको

इलाम : देशैभर कोरोना संक्रमितको निको हुने दर बढीरहँदा इलाममा पनि निको हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा इलाममा १७६ जनाले कोरोना संक्रमणलाई जितेका छन् । विभिन्न गाउँपालिका र नगरपालिकामा गरेर १७६ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४७७ पुगेको छ ।

यस्तै सोही अवधिमा २८ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा ४ जना,माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा २÷२ जना,चुलाचुली गाउँपालिकामा १ जना र सूर्योदय नगरपालिकामा १९ जना सहित २८ जना संक्रमित थपिएका हुन् ।यो संगै संक्रमितको संख्या १२७९ पुगेको छ । आज २ जना संक्रमितको ज्यान गएको छ ।

इलाम नगरपालिका ८ का ८९ बर्षीय पुरुष र माङसेबुङ ३ का ५५ बर्षीय पुरुषको मृत्यु भएको हो ।जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २९ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार