इलामका कृषकहरु प्राङ्गारिक खेतीतर्फ आकर्षित

  नयाँ बुलन्द
14 Shares


इलामका कृषकहरु प्राङ्गारिक खेतीतर्फ आकर्षित

 

इलाम । संघीय सरकारको सशर्त अनुदानमा एक करोड ७० लाखमा इलाम जिल्लाका दुई पालिकामा ३७ वटा कृषक सहकारी, समू र फार्ममार्फत कार्यक्रम सञ्चालन भएको छ ।

यो कार्यक्रम सञ्चालन भएसँगै किसानहरुलाई प्राङ्गारिक खेतीमा आकर्षित गराई उत्पादन बढाउन सहयोग मिलेको छ । चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सूर्योदय नगरपालिकामा १९ र देउमाई नगरपालिकामा १८ स्थानमा प्राङ्गारिक कृषि प्रवद्र्धन मिशन कार्यक्रम विस्तार भएको हो । कार्यक्रम मार्फत नमुना प्रदर्शन, संरक्षित संरचनामा उत्पादन, खुल्ला जमिनमा उत्पादन र बजार प्रवद्र्धन कार्यक्रम समावेश गरीएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी वर्देवाले बताउनुभयाे ।

दुवै नगरपालिकामा किसानले करिव तीन रोपनीमा प्लाष्टिकको टनेल बनाउने, तरकारी लगाउने कार्य गरेका छन् । प्राङ्गारिक खेतीको प्रवद्र्धन गर्न नमुना प्रदर्शन कार्यक्रम मार्फत गोठ सुधार, २४ स्थानमा गड्यौले मल उत्पादन गरिएको छ । देउमाई इलामका किसान दुर्गाप्रसाद परियारले बताउनुभयाे ।

प्लाष्टिक टनेलमा अकबरे, काँक्रो, काउली लगायतका तरकारी बाली उत्पादनमा सहयोग पुग्ने किसानहरुको भनाई छ । प्रविधिको सहयोगमा बेमौसमी उत्पादन बढाएर व्यवसायिक बन्न सघाउ पुग्ने मात्र छैन किसानहरुले प्राङ्गारिक खेतीमा चाहिने जैविक विषादी, मल उत्पादन, बीउ उत्पादन गर्न पनि कार्यक्रमले सघाउ पुर्याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार