लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  नयाँ बुलन्द
49 Shares

१. २०७७ चैत ३० को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशमा पर्नेगरी कतिवटा स्मार्ट सहर निर्माण गर्ने निर्णय ग-यो ?
 १२ ।
नयाँ बन्ने स्मार्ट सिटीहरू :
– प्रदेश १ : धनकुटा र गौरीगन्ज
– प्रदेश २ : रौतहटको मौलापुर र चन्द्रपुर
– वाग्मती प्रदेश : काभ्रेको काभ्रेभ्याली र भक्तपुरको गुन्डु
– गण्डकी प्रदेश : वालिङ
– लुम्बिनी प्रदेश :लुम्बिनी र तुल्सीपुर
– कर्णाली प्रदेश : दुल्लु
– सुदूरपश्चिम प्रदेश : भीमदत्त र अमरगढी ।
– सरकारले यसअघि नै १३ वटा सहरलाई स्मार्ट सहरका रूपमा निर्माण गर्ने निर्णय गरेकोमा चैत ३० को मन्त्रिपरिषद्को निर्णयबाट पहिलाको १३ मध्ये ८ र चारवटा नयाँ थप भएर आएको । अहिलेको मन्त्रिपरिषद्को निर्णयबाट १३ वटा बाट आठवटा मात्र छानिए पनि बाँकी पाँचवटा खारेज नभएको र दोस्रो प्राथमिकतामा परेको सहरी विकास मन्त्रालयले जनाएको ।

२. सर्वप्रथम सगरमाथाको चुचुरोमा पुग्ने पहिलो आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्झनामा तेन्जिङ–हिलारी मेमोरियल पार्क कहाँ निर्माण गरिएको छ ?

 जिरी (दोलखा) (२०७८) ।

३. अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?
 अप्रिल २९ ।
– यसपटक (सन् २०२१) अन्तर्राष्ट्रिय नृत्य दिवस कोभिड–१९ का कारण भर्चुअल रूपमा मनाइएको ।
– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्घ युनेस्कोसँग सहकार्य गरेको इन्टरनेसनल थिएटर इन्स्टिच्युटको अन्तर्राष्ट्रिय नृत्य समितिद्वारा सन् १९८२ देखि यो दिवस मनाउन थालिएको ।

४. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (नेसनल आईसीटी डे) कहिले मनाउने गरिन्छ ?
 मे २ ।
(चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८ को नारा– समृद्ध नेपालको आधार : सूचना तथा सञ्चार प्रविधिको विस्तार रहेको ।)

५. नेपालले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न कहिलेदेखि सुरु गरेको हो ?
 विक्रम संवत् २०७८ वैशाख १९ ।
– सम्झौताका आधारमा मूल्य निर्धारण गरी भारतबाट विद्युत् किन्ने गरेकोमा नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारबाट डे अहेड विधिअनुरूप प्रतिस्पर्धी दरमा सोझै विद्युत् खरिद गर्न सुरु गरेको ।
– यो एक दिनअघि नै खरिद र बिक्रीदर अनि परिमाण सुनिश्चित हुने (डे अहेड) बजार हो ।
– प्राधिकरणले पहिलो दिन वैशाख १८ गते राति १२ः०० बजे दुई सयदेखि २५० मेगावाटसम्म विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमार्फत खरिद गरी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको ।
– प्राधिकरणले दुई साता पहिले भारतीय ऊर्जा एक्सचेन्जको सदस्यता प्राप्त गरेसँगै यसका लागि प्रक्रिया अघि बढाइएको थियो । सदस्यता प्राप्तिसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्रसमेत बनेको ।
– बजारको मागअनुसार कसैको हस्तक्षेपविना बजारले निर्धारण गरेको प्रतिस्पर्धी दरमा आवश्यकताअनुसार विद्युत् खरिद गरी आयात र निर्यात दुवै गर्न सकिने भएकाले दुई मुलुकबीच विद्युत् व्यापारका लागि यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको । साथै, भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा नेपालले पहुँच प्राप्त गरेकाले भारत हुँदै बङ्गलादेशसम्मको विद्युत् व्यापारका लागि समेत यसबाट सहजता हुन सक्ने जनाइएको ।
– नेपालले दिएको मूल्यभन्दा बढी दिएर अरूले नै लैजान पनि सक्ने भएकाले कतिपय अवस्थामा बढी मूल्य तिर्नुपर्ने वा मागबमोजिमको विद्युत् प्राप्त गर्न असमर्थ हुने स्थिति पनि सिर्जना हुन सक्ने । त्यस्तो अवस्थामा सधैँ सस्तोमा किन्न र महँगोमा बेच्न पाइने अवस्था नरहन सक्ने ।

६. प्रशान्त क्षेत्रीय स्वतन्त्र व्यापार सम्झौता (ट्रान्स प्यासिफिक पार्टनरसिप एग्रिमेन्ट–टीपीपीए) मा कहिले हस्ताक्षर गरिएको हो ?
 सन् २०१६ फेबुअरी ४ ।
(न्युजिल्यान्डको राजधानी अकल्यान्डमा भएको हस्ताक्षर समारोहमा ३० बुँदे बडापत्र जारी गरिएको ।)

७. बौद्ध धर्मसँग सम्बन्धित प्रमुख चार धाम कुन–कुन हुन् ?
 लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर (क्रमशः जन्मस्थल/बुद्धत्व प्राप्ति/प्रथम प्रवचन/निर्वाण प्राप्ति) ।

८. सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)मा ‘स्मार्टकार्ड’को व्यवस्था कहिलेदेखि गरेको हो ?
 विसं २०७२ मङ्सिर १४ ।

९. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?
 विसं २०६५ पुस १७ ।

१०. सहरलाई कुरूप बनाउनेगरी राखिएका होर्डिङबोर्ड, पोस्टरलगायतका सामग्री हटाउने निर्णय सरकारले कहिले गरेको हो ?
 विसं २०७६ पुस १० ।

११. विश्वकै ठूलो मानव जमघट कुम्भ मेला कहाँ हुने गर्छ ?
 भारतको इलाहावाद ।

(यस मेलालाई विश्वकै ठूलो मानव जमघटका रूपमा लिने गरिन्छ । गङ्गा र यमुना नदीको सङ्गमस्थलमा स्नान गर्नाले मोक्ष प्राप्त हुने हिन्दु धर्मावलम्बीको विश्वास रहेको छ ।)

१२. सरकारले प्रत्येक वर्ष फागुन १ गते रोजगार दिवस मनाउने घोषणा कहिले गरेको हो ?
 विसं २०७५ फागुन १ ।

३. एसिया को–अपरेसन डाइलग (एसीडी)को स्थापना कहिले गरिएको हो ?
 सन् २००२ जुन १८ ।
(नेपाल सन् २०१६ मार्च १० मा एसीडीको सदस्य बनेको । हाल एसीडीमा नेपालसहित ३४ राष्ट्र रहेका ।)
 

१४. असंलग्न आन्दोलन (एनएएम) मा आबद्ध सार्क राष्ट्र कुन–कुन हुन् ?
 सबै आठ राष्ट्र ।

१५. राणाकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?
 इस्तिहार ।

१६. सेतो हात्तीको देश भनेर थाइल्यान्डलाई चिनिन्छ भने हजारौँ हात्तीको देश भनी कुनलाई चिनिन्छ ?
 लाओस ।

१७. महिलालाई मताधिकार प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?
 न्युजिल्यान्ड ।
– न्युजिल्यान्डले सन् १८९३ मा यससम्बन्धी व्यवस्था गरेको ।
– महिलाका लागि मताधिकारको व्यवस्था गर्ने हालसम्मको पछिल्लो राष्ट्र साउदी अरब (सन् २०११ मा) हो ।

१८. तीनजुरे–मिल्के–जलजलेलाई लालीगुराँसको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?
 विसं २०५५ ।

१९. एटीएम मेसिनको सुरुवात कहिलेदेखि भएको हो ?
 सन् १९६७ ।
– एटीएम मेसिनको आविष्कार जोन सेफर्ड बारोनले गरेका ।
– बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलोपटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको ।
– सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा ४ अङ्कको पिन नम्बर प्रचलनमा रहेको ।
– नेपालमा पहिलोपटक हिमालयन बैङ्कले एटीएम प्रयोगमा ल्याएको ।

२०. बालविधाको हाइकू ‘चञ्चल’का सर्जक को हुनुहुन्छ ?
 भक्त कार्की (पुलाचौर, म्याग्दी) ।

२१. केन्द्रीय तथ्याङ्क विभागले २०७८ वैशाखमा प्रकाशित तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ ?
 ४.०१ प्रतिशत ।
– चालु आवको ९ महिनासम्मका आर्थिक क्षेत्रसँग सम्बन्धित तथ्याङ्कअनुसार सो बराबरको वृद्धिदर रहने अनुमान विभागले गरेको । यो प्रक्षेपण तयार गर्न लिइएको अवधिमा कोरोनाको असर न्यून हुँदै गएको थियो तर कोरोनाको प्रभाव बढ्दै गएको अवस्थामा प्रक्षेपणलाई संशोधन गर्नुपर्ने
विभागले जनाएको ।
– विभागका अनुसार उक्त वृद्धिदर पछि नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपियाँ पुग्ने । गत आवमा नेपालको अर्थतन्त्रको संशोधित आकार चालु मूल्यमा ३९ खर्ब १४ अर्ब ७० करोड रुपियाँ रहेको विभागले उल्लेख गरेको । त्यस्तै, विभागले गत आवको वृद्धिदरमा संशोधन गरेर २.१२ प्रतिशत ऋणात्मक रहेको उल्लेख गरेको । यसअघि विभागले १.१९ प्रतिशतले मात्र आर्थिक वृद्धिदर ऋणात्मक रहने
अनुमान गरेको थियो ।
– विश्व बैङ्कले भने चालु आवमा नेपालको वृद्धिदर २.७ प्रतिशत रहने अनुमान गरेको ।
– एडीबीले सन् २०२१ मा नेपालको वृद्धिदर ३.१ प्रतिशत पुग्ने प्रक्षेपण हालै मात्र (सन् २०२१ अप्रिल) सार्वजनिक गरेको ।
– एसियाली विकास बैङ्क (एडीबी)ले सन् २०२१ अप्रिलमा सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक प्रतिवेदन अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको ।
– विभागको तथ्याङ्कअनुसार नेपालीको प्रतिव्यक्ति आय चालु आवमा करिब १० हजार रुपियाँले वृद्धि भई १ लाख ४० हजार ८१९ रुपियाँ पुग्ने । गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ लाख ३० हजार ९५७ रुपियाँ रहेको ।

२२. हाल नेपाललगायतका क्षेत्रमा रहेको प्राचीन सागरलाई के नामले चिनिन्थ्यो ?
 टेथिस सागर ।

२३. आफ्ना सदस्यको मृत्यु भएपछि बसाइँ सर्ने विशेषता भएको जाति कुन हो ?
 राउटे ।

२४. हाम्रो शरीरका सम्पूर्ण क्रियाकलापको नियन्त्रण तथा समन्वय गर्ने प्रणालीलाई के भनिन्छ ?
 स्नायु प्रणाली ।

२५. कुन पारिस्थितिक पद्धतिमा जीवपिण्डको पिरामिड ठाडो हुन्छ ?
 स्थलीय पारिस्थितिक पद्धति (टेरिस्ट्रियल इकोसिष्टम) ।

२६. राष्ट्रिय प्रकृति संरक्षण कोषको स्थापना कहिले भएको हो ?
 विसं २०३९ कात्तिक ३ ।

२७. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?
 विसं १९५८ वैशाख २४ ।
(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र विसं २००० असोज २९ देखि हप्तामा दुईपटक, विसं २००३ पुस २८ देखि हप्तामा तीनपटक र विसं २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको ।)

२८. नेपाल चलचित्र संस्थानद्वारा निर्मित पहिलो चलचित्र कुन हो ?
 मनको बाँघ ।
(पाश्र्वसङ्गीत दिइएको पहिलो नेपाली चलचित्र ।)

२९. अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमई)को पहिलो महिला प्रमुख को हुन् ?
 क्रिस्टिन ल्यागार्ड (फ्रान्सकी वित्तमन्त्री) ।

३०. सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
 ब्रह्माण्ड वर्ष (कस्मिक वर्ष) ।

-प्रस्तुतकर्ता : टङ्क केसी/गोरखापत्र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार