को हुन् ‘भूपध्वज थोमरोस्/भूपध्वज राई’ ?

  निनाम कुलुङ 'मंगले'  79 पटक हेरिएको

विसं २०७७ पुस १४ मा ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’को पत्रकारिता पाठशाला स्तम्भमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ शीर्षकको फिचर/लेख प्रकाशित भएको थियो । जुन फिचर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय/काजिका रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ का पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश … राई ज्युले लेख्नु भएको थियो ।  तर, कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (यायोक्खा भनको बान्तावा जातिको भाषा हो, कुनै माइकालाल राईको भाषा होइन) का पूर्व केन्द्रीय सदस्य तथा सचिव भई सकेका एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश वाम्बुले राई ज्युले भूपध्वज थोमरोस् (राई !) बारे लेख्नु हुँदा भूपध्वजका बारेमा  वास्तविकता के हो त ? सो बारेमा भने बिरालाले आप्mनो विष्टा लुकाएँ भैmँ धेरै कुरो लुकाएर वा भनौं उनका नकारात्मक कामहरु खास गरी भूपध्वज आपूm जन्मसिद्घ कुलुङ भएर पनि आपूmले भने जस्तो नभएपछि (किनभने उनी स्वयम् कुलुङ जातिको संस्थामा टप फाइप पोष्टको पनि मेजर टु पोष्ट रहेर काम गरेका थिए ।) कुलुङ संघ र कुलुङ समुदायकै हितविरुद्घ जताभावी गर्दै, बाल बोलीमा भन्नु पर्दा ‘आची खाएर !’ हिँडेको धेरै भई सकेको छ ।

तर, सो कुरो देख्दादेख्दै गणेश राई ज्युले  सो बारेमा भने ‘छिसिक्कै !’ केही उल्लेखै नगरी ‘अन्टसन्ट’ मात्रै लेख्नु भएको रहेछ । अझ गणेश राई ज्युले त ‘भूपध्वजलाई ‘डेन्टिङ–पेन्टिङ’ नै गरेर प्रस्तुत गर्नु भएको रहेछ !’ त्यसैले भूपध्वजका बारेमा वास्तविकता के हो त ? म स्वयम्ले पनि विसं २०५४/०५५ देखि सर–संगत गर्दै आएको र, भूपध्वजलाई राम्रोसँग चिनेको हुनाले, जानेको हुनाले उनका बारेमा पूरै लेख्ने हो भने, ‘महाभारतभन्दा ठूलो ग्रन्थ !’ बन्छ । त्यसैले यहाँ छोटकरीमा केही प्रस्ट्याउने प्रयास गर्दै केही लेखिएको छ । आशा छ, नेपालका पत्रकार र पत्रकारिताबारे पछिल्लो केही समयदेखि ‘तुवाचुङ’ अनलाइन न्युज पोर्टलले लगातार रुपमा विभिन्न सामग्रीहरु प्रकाशित गरिरहेको हुनाले ‘यो सामग्री पनि प्रकाशित होला भन्ने पक्का विश्वास !’का साथ फेरि पनि पठाएको छु, आशा छ, … ।

हुन त गणेश राई ज्युले विगतमा गर्ने गरेको पत्रकारिता अर्थात् कान्तिपुर दैनिकमा उहाँले पे्रषित गरेको/छपाउने गरेको ‘आदिवासी जनजाति सम्बन्धी समाचार, विसं २०६८ को जनगणना सम्बन्धी समाचार, रानाथारु सूचीकृत भएको सम्बन्धमा छापिएको समाचार, भाषाभाषी सम्बन्धी समाचार, …’ आदि फेरि पनि दोहोर्याएर पढेमा पत्रकारिता पढेका कुनै पनि पत्रकारले थाहा पाई हाल्ने छन् । किनभने, म आपूm त ‘केहीनजान्ने कुलुङ्रे ढाक्रे न परेँ !’ त्यसैले के नै जान्नु र ? तर, जान्ने सुन्नेहरुले भनेअनुसार पत्रकारितामा ‘फाइभ डब्लु वान एच’ भन्ने हुन्छ अरे ! त्यो भनेको केहो ? म जस्तो ‘केहीनजान्ने कुलुङ्रे ढाक्रे !’ले व्याख्या गर्ने, व्याख्यान दिने कुरो भएन । तर, विसं २०६९ को कुनै महिना (जनगणनाको तथ्यांक प्रकाशित भई सकेपछि) को कान्तिपुर दैनिकमा गणेश राई ज्युले लेखेको/प्रकाशित गरेको समाचार जो कोहीले हेरेमा सो समाचार ‘फाइभ डब्लु वान एच’को नियमभित्र पर्ला कि, नपर्ला हेर्नेहरुले थाहा पाई हाल्छन् ।

हुन पनि यो पंक्तिकार स्वयम् सो समाचार छापिएको कान्तिपुर दैनिक बोकेर सोही वेला केन्द्रीय तथ्यांक विभागका तत्कालीन महानिर्देशक उत्तम नारायण मल्ल सरको कार्य कक्षमा बिहानै गएको थिएँ । मैले कान्तिपुरमा प्रकाशित उक्त समाचार देखाउन नपाउँदै मेरो आगमन र आशय बुझेर होला उहाँले ‘… त्यही त कुलुङजी, कान्तिपुर धेरै बिक्ने पत्रिका भनेर कान्तिपुरबाट पत्रकार मगायौं, तर , ….’ भनी उत्तम नारायण मल्ल सरले हैरानीको मुद्रामा जवाफ दिनु भएको थियो । सो सम्बन्धमा अहिले यो भन्दा धेरै नलेखौँ । तर, मेरो कुरोलाई विश्वास नगरे/नपत्याए केन्द्रीय तथ्यांक विभाग गएर उत्तम नारायण मल्ल सरको नम्बर मागेर सोध्दा भई हाल्छ, किनभने उहाँले अवकास पाई सक्नु भएको छ ।

जे होस्, गणेश राई ज्युले जुन व्यक्ति/भुपध्वज थोमरोस् (राई !) लाई आधार मानेर वा विषय बनाएर फिचर लेख्नु भएको छ, भूपध्वज थोमरोस् (राई !) वास्तवमै त्यस्तै (गणेश राईले प्रस्तुत गरे जस्तै) हुन् त ? त्यसैले सो बारेमा कुलुङ जाति वा कुलुङ समुदाय बाहेकका धेरै मान्छेहरुलाई भूपध्वज थोमरोस् (राई !) भन्ने व्यक्ति कस्ता हुन् ?, को हुन् ? अदि इत्यादि बारे वास्तविकता थाहा नहुने भएकोले गर्दा केही लेख्दै छु । निश्चय नै यस पटक ‘तुवाचुङ अनलाइन न्युज पोर्टल’ले महत्वका साथ स्थान दिनेछ भन्ने आशा लिएको छु ।

त्यसो ईमान जमानका साथ भन्नु पर्दा गणेश राई ज्युले भने जस्तै सुरुमा भूपध्वज थोमरोस् राईले (स्मरहोस्, पहिले–पहिले भूपध्वजले ‘राई !’ लेख्दैन थिए, कतै गणेश राई ज्युले आपैm ‘राई !’ थपी दिनु भएको हो कि, वा भूपध्वज आपैmले राई थपेर लेख्न थालेका हुन ? केही थाहा भएन ।) लेख्दैन थिए । जे होस्, यसबारे पनि धेरै टाउको नदुःखाऊँ ! सुरुका केही वर्ष भूपध्वजले कुलुङ जाति, कुलुङ भाषा, कुलुङ संस्कार, कुलुङ वंश, कुलुङ संस्कृति, कुलुङ इतिहास आदि इत्यादि बारे केही न केही लेखेका हुन्/गरेका हुन् । तर, त्यति मात्रै होइन, भूपध्वजले कुलुङ–कुलुङबीच पटक–पटक फुट ल्याउने काम गरेका थिए/छन् । जस्तो कि उनले सुरुमा महाकुलुङका कुलुङ र हामी बाहिरका कुलुङहरुबीच कहिल्यै एक हुन दिएनन्, सँधै भाँजो हाली रहे । त्यस्तै धरानका (लाहुरे समुदाय) कुलुङ र हामीबीच पनि जहिल्यै एक हुन नदिने प्रयास गरी रहे । अझ भनौं उनले यस्तो गलत कामका लागि नाईटोदेखिको बल लगाएका थिए । यसै क्रममा एक पटक त कस्तोसम्म भयो भने, मलाई धरानमा कुलुङहरुको सम्मेलन छ, ‘सूक्तूम’मा शुभकामना सन्देश लेखी दिनु पर्यो प्रकाशजी भने । होला त नि भनी लेखे । तर, उनले त हभएकै कुलुङ संघ पनि फुटाएर अर्को पो गठन गरेर आएछन् ।

हो, त्यही वर्षको हिउँद याममा भूपध्वजले धरानका (लाहुरे समुदाय) कुलुङहरु ((वीरचन्द्र रिन्हो फोपा लगायत) लाई काठमाण्डौको त्रिचन्द्र कलेजमा बोलाएको भन्ने महाकुलुङका कुलुङ साथीहरुले थाहा पाए । त्यसपछि महाकुलुङका साथीहरुले हामी (चन्द्रसिंह लोवात्ती, इन्द्र होनीत्ती, वाईबी कुलुङ, म … लगायत) लाई खबर गरे । त्यसपछि महाकुलुङका कुलुङ साथीहरु र हामी धरानका (लाहुरे समुदाय) लाई भेट्न तुरुन्तै कमलादी साइडको (घण्टासँगैको) भवनमा गयौं । त्यहाँ भूपध्वजसमेत धरानबाट आएका सबै कुलुङहरु भेला भएका रहेछन् । भेलामा धरानेहरुकै अगाडि महाकुलुङका एक जना कुलुङ साथी (जो भूपध्वजको नाता पर्नु हुन्छ) ले भूपध्वजको ‘नाथ्री फुट्ने गरी दोक्च्याए/पच्काए ।’ त्यसपछि बल्ल धरानका (लाहुरे समुदाय) ले पनि भूपध्वजबारे वास्तविक कुरो बुझे र, तुरुन्तै भूपध्वजलाई छाडेर धरानका (लाहुरे समुदाय) का मानिसहरु पनि हामीसँगै डिल्ली बजारमा रहेको कुलुङ संघको कार्यलयमा आएका थिए । नत्र त हामी सबै एक भएर जाऔं, अलग–अलग किन बस्ने/हुने ? आखिर हामी जो, जे भए तापनि भाषा जाने तापनि, नजाने तापनि आखिर हामी सबै कुलुङ नै हौं । भाषा जान्नेले भाषाको काम गरौं, भाषा नजान्नेले अरु जे जानेको छ, सोही काम गरौं ।

तर, अब हामी नेपालभरिका कुलुङहरु एक भएर आघि बढौ भन्दा … । धरानका लाहुरे समुदायले पनि हाम्रो कुरो नै सुन्न नचाहने बा ?! त्रिचन्द्रको घटापछि त हामीले लगत्तै तीन वटा/तीनखाले (सुद्ध, असुद्ध, भाषा जान्ने, नजान्ने सबै–सबै !) कुलुङको संगठन विघटन गरेर ‘एकीकृत कुलुङ सम्मेलन’ गर्यौं । त्यसपछि नै हो, अलग–अगल अस्तित्व रहेको तीनवटै कुलुङहरुको संघ एक भएको । हो, त्यसपछि उनी अर्थात् भूपध्वज भन्ने मान्छेको स्वरुप लिएको … ले जसरी पनि कुलुङ समुदा र केही अगुवाहरुलाई बिगार्छु ! भनी घोषित रुपमै ‘बिगारसिङ !’का कामहरु मात्रै गर्दै हिँडिरहेका छन् । तर, तपाईहरु जस्ता कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ र तिनका हर्ताकर्ताहरुका लागि त भूपध्वज जस्ता व्यक्ति ‘ढुंगो खोज्दा देउता मिलेसरह !’ भएको छ । त्यसैले त गणेश राई ज्यु मात्रै नभएर अन्य राईवादीहरुले समेतले भूपध्वजलाई फुल–बुट्टा भरेर प्रस्तुत गर्नुहुन्छ ।

त्यसैले त कतिथ् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ ले स्थापना गरेको  ‘१० हजार नेपाली रुपैयाँ’को “मदनश्वरी राई पुरस्कार” विसं २०५८ मै भूपध्वजलाई दिलाउनु भयो । अतिशय प्रशंससा गर्नु भयो । सम्मान पनि गर्नु/दिर्नु भयो । मानका खातिर, मान पनि दिनु भयो/दिनु भएकै छ । तर, कुलुङ समुदायमा उनको हालत के–कस्तो छ ? गणेश राई ज्युले मात्रै होइन, अरु जो कोही राईहरुले सोलुखुम्बु जिल्लाको महाकुलुङ लगायत कुलुङहरुको बाक्लो वस्ती भएको जिल्लाहरु ज्स्तै भोजपुर, संखुवासभा, सुनसरी, झापा, मोरङलगायत जिल्लाहरुमा गएर भूपध्वजबारे सोधखोज गर्दा भई हाल्छ । यसरी भूपध्वजबारे सोधखोज गरेर फेरि अर्को फिचर/लेख लेख्नू होला, गणेश राई ज्यु ।

खासमा सुरुमा हामीलाई (खासगरी मलाई) राई जात होइन भनी पढाउने र बुझाउने यिनै भूपध्वज हुन् । यिनै भूपध्वजले कुलुङबारे मलाई पढाएका/बुझाएका हुन् । उनले कुलुङ सांस्कृति अध्ययन नामक किताब पनि लेखेका छन् । जुन किताबमा उनले किटानी साथ राई जात होइन, पद हो, पगरी भनी प्रस्टसँग लेखेका पनि छन् । ऊ वेला ‘रैती/ढाक्रे !’ (हालको भाषामा जनता) हरुले राईलाई काम पर्दा घर लौरी (घरैपिच्छे) एकएकजना गएर सित्तैमा काम गरिदिनु पथ्र्यो भनी लेखेका छन् । उनी कुलुङहरुको उत्पत्ति–थलो (सुरुदेखि कुलुङका पिता–पूर्खाले चर्चेको, खाईखेली आएको ऐतिहासिक भूमि) महाकुलुङको तत्कालीन गुदेल–८ नाम्लुङका हुन् ।

तर, के गर्नृू ? भूपध्वज जस्तो मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको “मदनश्वरी राई पुरस्कार”मा बिके । बिकेको मात्रै भए त केही थिएन, आपूm जिउँदो रहेसम्म कुलुङ, कुलुङ समुदाय र कुलुङका अगुवाहरुलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेका छन् ।

फलतः भूपध्वज आपूmले आप्mनो सक्कली नाममा लेख्न नसकेर कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले सोङघेर्वाको नाममा, कहिले शरण राईको नाममा, कहिले कृष्ण सोताङको नाममा कहिले छिरिङ श्रीपोसको नाममा कहिले कसको नाममा कहिले … के को नाममा कहिले … नाममा समग्र कुलुङ, कुलुङ समुदाय र कुलुङका अगुवाहरुलाई सकेसम्म बिगार्न, सप्रिन नदिन, कुलुङहरुको उन्नति र प्रगति नहोस् ! भनेर नानाथरी लेख्दै/बोल्दै हिँडेका छन् । तर, विचरा भुपध्वज राई ज्यु ! को ज्ञान, विवेक, चेतना–चैतन्य र बुझाईको स्तर हेरौं त !?

तर, जे भए तापनि भूपध्वजको यस्तो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई भने ‘मुतको न्यानो !’ अवश्य नै भएको छ । फलतः राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य तथा केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकारहरुका नजरमा ‘सहरमै बसेर कुनाकाप्चासम्म पुगिरहने भीरमाहुरी’ हुन्छन् । त्यसैले त गणेश राई  ज्युले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टलमा भुपध्वजका बारेमा ‘अन्ट–सन्ट !’ (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । विचराहरु, भनिन्छ नि ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ !’

अचम्म के छ भने भूपध्वज आपूm जन्मसिद्घ कुलुङ भएर पनि (उनी थोमरोस थरका हुन् । कुलुङले थरलाई पाछा भन्ने गर्छन् ।) यसो गरी हिँड्दा ‘मेरो मात्रै होइन, मेरो  छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …, …सम्मलाई कस्तो असर हुन्छ ? भविश्यमा आउने पुस्ताका कुलुङ समाजले कसरी हेर्छ ? भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आपूm बाहेक यो धरतीमा जान्ने/बुभ्mने अरु कोही छैन ! भन्ने अह्म भएका/बोकेका भूपध्वज ज्युलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ?? अर्को महत्वपूर्ण कुरो भनेको जहाँ पनि, जहिले पनि कुलुङलाई बिगारसिङ ! मात्रै गर्दै हिँड्दा कयौं पटक त ठाऊँका ठाऊँ गएर महाकुलुङ लगायतका कुलुङ वन्धुहरुले ‘भूपध्वज ज्युको ‘नाथ्री फुट्ने गरी दोक्च्याएका !’ छन्, मर्मत–सम्भार पनि गरेका छन् । तापनि ‘नानीदेखि लागेको बानी !’ न हो, कहाँ छाड्न सक्छन् !  त्यस्तै केही वर्ष अघिदेखि संखुवासभा, भोजपुर, मोरङ, सुनसरी, तेह्रथुमलगायत जिल्लाका गाउँ–ठाउँमा जाँदा भूपध्वज ज्युलाई खाना र वाससमेत दिन छाडेका छन् । विगतमा जसरी भूपध्वजलाई सम्मान दिन्थे, सम्मान गर्थे, त्यो अब बाँकी रहेको छैन । बरु पहिले जस्तो विभिन्न जिल्लामा जाने क्रममा ‘भात–पानी’ समेत जुट्न गाह्रो भएपछि गाउँघर घुम्ने क्रम पनि राकिएको स्थिति छ । सिक्किमको एक ठाउँमा बाहेक लगभग सबैतिर उनको हालत यस्तै भएको छ । तर, विचरा भूपध्वज ज्युको अभैm पनि … फर्केन ।

उता कथित् राई जातिका बुद्घिजीवी, लेखक, पत्रकार, प्रा., डा., प्राडा, विज्ञ, विद आदि लगायत अगुवा भनिनेहरुलाई भने कुलुङ जातिका यस्तै कलंकहरु नै प्यारो लाग्छ, । किनभने, कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) कुलुङ जाति लगायत सबै खम्बुका सन्तानहरुलाई लाद्न पाएका छन् । त्यसो त कथित् राई जातिको नाममा बान्तावा जातिको भाषा र कथित् राई जातिको चाडपर्वको नाममा चाम्लिङ जातिको साकेवा (उफ्रीपाफ्री गर्ने नाच !) लादेपछि वा लाद्न चाहेपछि नै हो, कुलुङ जातिका अगुवाहरुले विसं २०४८/०४९ तिरै कुलुङ जातिको अलग्गै संगठन बनाएको । त्यसैले पनि राई यायोक्खाका हर्ताकर्ताहरुमा कुलुङ जातिका अगुवाहरु र समग्र कुलुङ जातिप्रति ठूलो ‘द्घेष र रिसराग’ रहेको प्रस्टै देखिन्छ । त्यसैले त ‘भूपध्वज कुन बारीमा फलेको मुला हो ?’ भन्ने राम्रोसँग थाहा भए तापनि यसो ‘डेन्टिङपेन्टिङ’ गरेर भए तापनि जानीबुझीकन गणेश … ‘राई !’ ज्यु लगायत कथित् ‘राई !’ जातिवालाहरुले ‘तुवाचुङ’ लगायत अन्य न्युज पोर्टलहरु र छापामाध्यमहरुमा भूपध्वजका बारेमा यसो अन्ट–सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन्, कतै कोड पनि गरिदिन्छन् । तर, वास्तविक जानकारी वा भनौं स्रोत व्यक्ति भने अर्कै हुन्छ । कठै बरा !

एक ठाऊँमा गणेश … राई ज्युले प्रसंगै नआउनु पर्ने ठाऊँमा पनि जबरजस्ती … “समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, …आइएनजिओबाट सहयोग लिने …, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का रुपमा … किरात … भित्र …. याक्खा छुट्टीन पुगे । सुनुवार छुट्न गए । कुलुङ लगायतले …” भनी लेख्नु भएको छ । गणेश … राई ज्यु कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ को केन्द्रीय सदस्य र केन्द्रीय सचिव भएको नाताले सीसीओ, डीफीड, जाईका, जीटीजेड, नर्वेजियन फन्ड, डानिडा–ह्युगो, युएसआईडी, एक्सन एड, युके एड, युएसएड आदि  बाट र आदिवासी जनजाति उत्थथान राष्ट्रिय प्रतिष्ठानबाट ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८/०४९/०५०)’ ले ल्याएको हिसाव किताब हेरेर नै र, अनुभव भएर नै “समाजलाई एनजिओको रुपमा दर्ता गर्ने, …आइएनजिओबाट सहयोग लिने …, हुँदाहँुदा ‘बहुभाषा एक जाति’का …. भन्ने कोलम जबरजस्ती घुसाएर लेख्नु भएको होला । किनभने, विसं २०६२/०६३ को परिवर्तपछि गठन भएको राई यायोक्खाको कार्य समितिमा एक जना राईको नाममा ‘एनजिओ को–अर्डिनेसन कमिटि’ नै गठन भएको थियो । सो नेम प्लेट देखेपछि यो पंक्तिकारले तत्कालै गोरखापत्र दैनिकमा राई यायोक्खाले जातीय स्वपहिचान खोजी रहेका कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरुलाई डलर खान ‘राई !’ फुटाउन लागे ! भनी आरोप लगाउँछन् तर, डलर भने उनीहरु नै ‘एक जाति राई, २८ भाषी राई !’ को नाममा विभिन्न आइएनजिओबाट डलर, पाउन्ड, युरो, प्रैmन्क, येन, क्रोन आदि ल्याएर खान्छन् !’ भनी लेखेको थियो । स्मरणीय छ, त्यसपछि यायोक्खाले सो ‘नेम प्लेट’ नै हटाएको थियो। खास कुरो त यस्तो छ त, गणेश राई ज्यु ! त्यस्तै अर्को भनेको गणेश राई ज्यु ! लगायत कथित् राई जातिवालाहरुले भनेभैmँ यदि ‘एक जाति राई, बहुभाषी राई !’ एकै हो भने, तपाईँहरुले २८ वटा राई !’ भाषा, याक्खा र सुनुवार भाषामा बोल्न सक्नु हुन्छ ? तपाईँले तुवाचुङ अनलाइनमा लेखेअनुसार । फेरि याक्खा र सुनुवार जातिका मान्छेहरुले गणेश राई ज्युको त्यो फिचर/लेख पढेनन् कि क्या हो ?

ninamkirat123@gmail.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार