इलाम : जब संकटको अवस्था आउँछ, त्यो बेलामा मान्छे सेवा गर्ने भन्दा पनि कमाइ गर्नतर्फ ध्यान दिन्छन् । समाजमा विषम परिस्थितिले हुनेखाने र हुँदा खानेको दूरीलाई झन बढाउँदै लगेको हुन्छ । धनी र गरिबबीचको खाडल झन्झन् गहिरो भएर जान्छ । समाजसेवा गर्ने तर्फ कसैले ध्यान नदिएको हो कि झैं लाग्छ । सेवा नै धर्म हो भन्ने भनाइ विस्तारै अर्थहीन हुँदै गएको देखिन्छ । तर, समाजमा समाजसेवीको पनि कमी छैन है भन्ने उदाहरण बन्न सफल भएका छन् इलामका डम्बर खड्का ।
नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले कोरोना भाइरसले आक्रान्त बनाइरहेको बेला इलाममा निशुल्क स्वास्थ्य सामाग्री बितरण गर्नुभएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण जिल्लाभर नै फैलिरहेको बेला कोरोना संक्रमण बाट जोगाउन आबश्यक पर्ने सामाग्री उपलब्ध गराउनुभएको हो । खड्काले जिल्लाका दश बटै पालिकाका नागरिकहरुलाई गाँउघरमा नै पुगेर ३० हजार बडी थान माक्स,सेनिटाइजर,अक्सिमिटर,प्रेशर जाँच गर्ने मेसिन,गोल्पस लगायतका सामाग्री बितरण गर्नुभएको हो ।
यस्तै उहाँले १२ दिन अघि बाट कोरोनाका बिरामी र अन्य रोगका बिरामीहरुलाई अस्पताल, आईसोलेसन वा घर ल्याउन र लैजान निशुल्क यातायत सेवा उपलब्ध गराई रहनुभएको छ । इलाम नगरपालिका सात स्थायी घर भएका खड्काले इलाम जिल्लाबासीहरु कोरोना भाइरस संक्रमित भएमा उनिहरुको सेवामा अहिले अरुकाम छोडेर पहिलो प्राथमिकता दिने समेत बताउनुभएको छ ।
राजनीतिक आस्थालाई पर राखेर समाजमा सहयोग गर्दै आउनुभएका खड्काले गत सालको लकडाउनमा पनि काठमाडौमा अभर परेका इलामेली नागरिक हरुलाई घर सम्म आउनका लागि निशुल्क यातायतको ब्यबस्था गर्नुका साथै समस्यामा परेका मजदुर र बिपन्न बर्गलाई खाद्य सामाग्री सहित स्बास्थ्य सामाग्री निःशुल्क बितरण गर्नुभएको थियो ।
खड्काले जिल्लामा अप्ठ्यारो परेका गरिव असाहयलाई बिगत लामो समय देखी सहयोग गर्दै आउनुभएको छ । खड्का इलाममा सन्चालित चियाबारी एफएमका अध्यक्ष तथा सफल निर्माण ब्यवसायी हुनुहुन्छ ।