जागरण फाउण्डेशन ,नेपालद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  रामप्रसाद बाँस्कोटा  173 पटक हेरिएको

 

पाँचथर : जागरण फाउण्डेशन नेपालद्वारा फिदिम नगरपालिका वडा नम्बर ७ रानीटारमा रहेको आधारभुत स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

कोभिड महामारीको समयमा वडाका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै फाउण्डेशनको अगुवाईमा स्थानीयले आर्थिक सहयोग गरेको ५० हजार नौ सय २५ रुपैयाँ रकमबाट स्वास्थ्य सामाग्री खरिद गरि स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको फाउण्डेशनका कोषाध्यक्ष प्रकाश बाँस्कोटाले जानकारी दिए ।

स्वास्थ्य केन्द्रलाई तत्काल आवश्यक पर्ने अक्सिजन सिलिन्डर,अक्सिमिटर,इलेक्ट्रोनिक चियादानी,डस्टवीन एक-एक थान,सीसा गिलास छ थान,पिपिइ सेट,सर्जिकल मास्क आठ सय थान लगायतका सामाग्री फाउण्डेशनका अध्यक्ष प्रदिप बाँस्कोटा मार्फत वडा अध्यक्ष एवं स्वास्थ्य समितिका अध्यक्ष गोपाल प्रसाद गुरुङलाई प्रदान गरिएको छ ।

यसैगरी,नगरपालिकाको वडा नम्बर १२ नागीनको आधारभुत स्वास्थ्य केन्द्रमा संस्थाका सचिव मनिषा आचार्यले पनि वडा अध्यक्ष प्रेम नारायण आचार्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् ।

त्यस्तै,स्थानीय समाजसेवीहरुबाट उठेको ३४ हजार १५ रुपैयाबाट अक्सिजन सिलिन्डर ,प्रेसर नाप्ने सेट,सुगर परिक्षण गर्ने साधन एक -एक थान स्थानीय समाजसेवी टेकप्रसाद बाँस्कोटाले स्वास्थ्य समितिका अध्यक्ष गुरुङलाई प्रदान गरेका छन् । आजै वडा कार्यालयले पनि करिब १० हजार रुपैया बरावरको विभिन्न औषधिहरु स्वास्थ्य केन्द्रलाई उपलब्ध गराएको छ ।

नगरपालिकाका वडा नम्बर ७ र ८ मा कोरोना संक्रमितहरु वृद्धि भइरहेको र कुनै बेला जटिल समस्या आएमा बिरामीलाई अस्पताल सम्म पुर्याउन अक्सिजन सिलिन्डर समेतको व्यवस्थापन गरिएको समाजसेवी चन्द्र बाँस्कोटाले बताए ।

संस्थाले यस अघिदेखि नै दैवीप्रकोप,विपत्ति,महामारी,न्यून आर्थिक अवस्था भएका विद्यार्थी,अग्नि पीडित तथा बिरामी लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको फाउन्डेसनका अध्यक्ष बाँस्काेटाले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार