अहंकार आफैंमा “शत्रु र मन्द विष”

  नयाँ बुलन्द
406 Shares

 

गोपेन्द्र प्रसाद रिजाल

त्रेतायुगमा लङ्का (हालको श्रीलंका) मा राजा रावणले धेरै वर्ष राज्य गरे । उनको शासनकालमा लङ्का विश्वकै नमूना शहर थियो । रावण आफैँमा अति बिद्वान,सरस्वतीका उपासक र विश्वकै चर्चित उपचार पद्धतिमा पोख्त थिए । श्रीमती मन्दोदरी, भाइ कुम्भकर्ण, विभिषण र छोरा इन्द्रजीत पनि कम साहसी र विद्वान थिएनन् । यति हुँदाहुँदै पनि उनको मृत्यु निकै भयानक र दर्दनाक थियो । यसको कारण सीता हरण भन्दा बढी उनको अहंकार थियो ।
अहंकार मान्छेको ठूलो शत्रु र मन्द विष हो । यो भयानक र विनाशक हुन्छ । अहिले नेपालको राजनीति पनि त्यही गतिमा अघि बढेको आभाष भएको छ । बहुमत हुँदाहुँदै,सत्ता सम्हालेर बसेका कार्यकारी प्रमुखबाट देश र जनताको लागि गरेका जन पक्षिय कामहरुलाई अर्को अर्थ लाएर पार्टी छोडेर भाग्नु, समकक्षीहरुले विभिन्न आरोप लाउनु,राजनैतिक चरित्र मेल नखाने पार्टी र व्यक्तिहरुसंग साँठगाँठ गरेर पाखा लाउन खोज्नु भित्र एउटा सत्ता मोह र अर्को अहंकार लुकेको छ ।

प्रतिपक्षी दलहरुले आफ्नो भूमिका राम्रोसंग निर्वाह गर्दा गर्दै सत्ता पक्षबाट नै घात हुनु अवस्य पनि राम्रो होइन । अतीतमात्र सम्झिएर वर्तमानको मूल्यांकन गर्दै राम्रो भविष्य खोज्नु मुर्खता बाहेक केही हुन्न । नाम मात्रले देश र जनता अलाप्नु अनि काम चै अन्तरघाती गर्दा आत्मघात हुन्छ नै । नाम लिन उचित ठान्दिन । तर, अहिले अर्काको खोपीमा पसेर न्यानो महसुस गर्नुको परिणाम आउँदो दिनको राजनैतिक तुषारोमा कठ्याङ्गृनु नै हो । अरु नेताको इतिहास पनि त्यस्तै छ ।
मानसम्मान श्रद्धा अरुले दिने होइन लिन आफैँ योग्य बन्नु पर्छ ।
हेक्का रहोस रावण पनि पुलतस्यको नाती विश्रवाको छोरा हुन् र उनको मात्र अहंकारी चरित्रले आफ्नाे वैभव जोगाउन सकेनन्। त्यस्तै हुने त होइन ? राजनीति खिचातानी !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार