झापामा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा,के के कुरामा छुट छ त !

  नयाँ बुलन्द
378 Shares

 

फाइल तस्वीर

इलाम : झापामा निषेधाज्ञा जेठ मसान्त अर्थात ३१ गतेसम्म थपिएको छ ।
यसअघिको निषेधाज्ञा आज रातिदेखि सकिने भएकाले यो महिनाभर थप्ने तयारी भएको हो ।
झापामा बैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ ।
अहिले जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
खाद्यान्न पसल हप्तामा २ दिन विहान ६ वजेदेखि ९ वजेसम्म खोल्ने दिने सहमति भएको छ ।

आजको डीसीसीएमसीको बैठकमा जिल्लामा रहेका राजनीतिक दलका प्रमुख,पालिका प्रमुखलाई पनि आमन्त्रण गरिएको थियो । आजको बैठकलाई विस्तारित बैठक बनाइएको थियो । झापामा कोरोना भाइरसको संक्रमणको दर उच्च रहेको छ । रेडियो भिजनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार