भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही समस्यामा

 

इलाम : माईजोगमाई गाउँपालिकाको प्याङ प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे गर्ने डाक्टर नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

विगत दुई वर्ष अघिदेखि यस स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा संचालन गरिएको थियोे । डाक्टर फिपराज बिस्वकर्माद्वारा नियमित सेवा उपलब्ध हुँदा ग्रामीण भेगका सेवाग्राहीले जिल्ला अस्पतालमा पाइने सेवाहरु पाउन थालेसंगै उत्साही बनेका थिए । केही दिन अघि चार वर्षे कार्यकाल सकिएर उनको सरुवा भएपछि एक्सरे गर्ने अरु डाक्टर नहुँदा गर्भवती महिलालाई समस्या परेको छ ।
कोरोनाको समयमा अन्य ठाँउ जान सक्ने अवस्था नभएकाले यस केन्द्रमा कहिले डाक्टर आउँछ र उपचार गराउन पाइन्छ भन्ने पर्खाईमा डाक्टरको प्रतिक्षामा स्थानीय बासिन्दा कुरेर बसेको बताउँछन् ।

डाक्टर सहित १० जनाको दरबन्दी रहेको स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सम्पूर्ण सेवा उपलब्ध गराउँन नसकिएको केन्द्रका इन्चार्ज दिलिप उरुबले बताए । यस केन्द्रमा सन्दकपुर र माईजोगमाई गाउँपालिकाका सेवाग्राहीले सुविधा लिदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार