पत्रकारलाई धम्की दिनेले माफी मागे

  नयाँ बुलन्द
21 Shares

बर्दिया । हिमालय टाइम्स बर्दियाका प्रतिनिधि दिपककुमार शर्मालाई धम्की दिने व्यक्तिले सार्वजनिक रुपमा माफी मागेका छन् ।

नेपाल पत्रकार महासघको पहलमा भएको छलफलमा आफुले गल्ती गरेको भन्दै युवा संघ नेपालका केन्द्रिय सदस्य रमेश रावलले मापसेको कारण आफुले धम्किदिएको भन्दै आगामी दिनमा यस्ता खालका गल्ती नदोहोरिने भन्दै सार्वजनिक रुपमा माफी मागेका हुन । एक पटक गल्ती भएको हुदा सुधार गर्ने मौका दिन आग्रह गरेका रावलले आगामि दिनमा समाचारको विषयमा चित्त नवुझे सम्वन्धित निकायमा जाने भन्दै एक पटकलाई माफी दिन आग्रह गरेपछि उनलाई माफ गरिएको पिडित पत्रकार दिपककुमार शर्माले बताउनु भयो । शर्माले गल्ती गर्ने मानिसलाई एक पटक सुध्रन मौका दिनुपर्छ भन्ने मान्यतामा रहेर आफुले माफ गरिदिएको बताउनु भयो ।

बर्दियाको गुलरिया नगरपालिका वार्ड न ४ निवासी रमेश रावलले हिमालय टाईम्सको बैशाख २० गतेको अनलाईन सस्करणमा प्रकाशित “ताल संरक्षणको नाममा माटो विक्रि गरिदैं” भन्ने समाचारको शिर्षकमा छापिएको समाचारलाई लियर सो समाचार लेख्नु अगाडि आफुलाई सोध्नुपर्ने , क्यामरा र व्याग भिडदैमा कोहि पनि पत्रकार नहुने भन्दै आफनो पार्टिले गम्भिर रुपमा लिएको भन्दै आफुले जे पनि गर्न सक्ने धम्कि दिएका थिए ।

रावलले सोमवार दिउसो फोन गरी आफुले जे पनि गर्न सक्ने भन्दै धम्कि दिएपछि पिडित पत्रकार दिपककुमार शर्माले नेपाल पत्रकार महासंघका निवेदन दिनु भएको छ ।

नेकपा एमाले माधव झलनाथ खनाल समुहका  युवा संघ नेपालका  केन्द्रिय सदस्य रहेका  रमेश रावलको विषयमा भने सो समाचारमा कहि कतै नाम जोडिएको थिएन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार