इलामको नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा - Nayabulanda.com

इलामको नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा

पशुपतिनगर : कोरोना माहामारी नियन्त्रणका लागि निषेधाज्ञा भएको इलाम जिल्लाको नेपाल भारत सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । दैनिक रुपमा कोरोना रोगीको संख्या बढ्दै गएपछि नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र पहरी र नेपाल प्रहरी टोली परिचालन गरि सुरक्षा व्यवस्था सुदृढ बनाएको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादूर खड्काले बताए ।


सीमा क्षेत्रमा शसस्त्र प्रहरी स्थायी ७ वटा शिमा सुरक्षा पोष्ट रहेका छन् । साढे ५२ किलोमिटर नेपाल भारत सीमा क्षेत्र रहेको इलामको सीमा क्षेत्रबाट मानिसहरुको आवतजावत हुन नदिन शसस्त्र प्रहरीको फरवार्ड पोष्ट पनि थपिएको छ । शसस्त्र प्रहरीको पशुपतिनगर, मानेभञ्ज्याङ्ग,छब्बिसे, कालपोखरी, जौबारी, समाल्बुङ्ग र सकलपूर गरि सात वटा बिओपि रहेका छन् । बिओपिसँगै सीमा क्षेत्रमा मानिसको आवतजावत हुन नदिन कैयाकट्टा, सन्दकपूर, बिखेभञ्ज्याङ्ग, गैरीबास, तुम्लिङ, मेग्मा, निसाने, हिलेभञ्ज्याङ लगायतका क्षेत्रमा फरवार्ड पोष्ट राखि सुरक्षा व्यवस्था गरिएको छ ।


सीमा सीमा क्षेत्र खुल्ला भएकाले कोरोना माहामारी फैलन नदिन सीमा क्षेत्रको पशुपतिनर नाका र छोटी नाकाहरुबाट आवजावतमा पूर्ण रुपमा बन्द गरिएको छ । सीमा क्षेत्रको सुरक्षामा नेपाल प्रहरीको पशुपतिनगर इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी परिचालित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Nayabulanda.com