पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि

  नयाँ बुलन्द  55 पटक हेरिएको

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण भएको थियो ।

देशभर एक लाख ४ हजार ७८९ जना  सक्रिय संक्रमित रहेका छन्।  पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८९८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार