इलामका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

  नयाँ बुलन्द  110 पटक हेरिएको

 

इलाम : स्थानीय कोभिड व्यवस्थापन तथा राहत कोष मार्फत संकलित स्वास्थ्य सामग्रीहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।
सोमबार माड.्सेबुड. गाउँ पालिकालाई करिव एक लाख ४० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको समितिका सदस्य निरोज खड्गीले जानकारी दिएका छन् ।

समितिको तर्फबाट इलाम उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालु लगायत सदस्यहरुले माड.्सेबुड. गाउँ पालिकाका अध्यक्ष डिकेन्द्र इदिड.्गोलाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिकालाई सेमि फोल्डीङ बेड तीन थान, सादा बेड दुइ थान, पी पी इ १० सेट, सेनिटाइजर १० लिटर मास्क ५ सय थान, ग्लोव्स चार सय जोर, फेस शिल्ड दश थान, थर्मल गन एक थान र अक्सीमीटर तीन थान हस्तान्तरण गरिएको छ ।
इलामेलीको पीडामा मल्हम पट्टी हाम्रो अभियान अन्तर्गत जुटेको सहयोगलाई कोभिडबाट प्रभावित जिल्लाबासीलाई तत्काल राहत पुर्याउने उदेश्यले उक्त सामग्री वितरण गरिएको खड्गीले बताए ।
इलामका दश वटै स्थानीय तहलाई यसै अनुरुप स्वास्थ्य सामग्री उपलव्ध गराइने भएको छ । इलाम उद्योग बाणीज्य संघका अध्यक्ष इश्वर चिपालुले मंगलबार माइजोगमाई, रोड गाउँपालिका र सुर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरिने जानकारी दिए ।

अभियान अन्तर्गत कोष मार्फत इलाम अस्पताललाई ६ लाख बराबरको स्वास्थ्य सामग्री यस अगाडि नै उपलव्ध गराएको छ । कोषमा अमेरिका र क्यानडाका इलामेलीहरुले करिव १८ लाख सहयोग जुटाएका छन् । यस्तै जिल्ला सहकारी संघ मार्फत एक लाख सात हजार जम्मा भएको जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार