फलोअप न्यूज : बिषालु सब्जी खाएर बिरामी भएका मध्ये एक जनाको अवस्था गम्भीर

  युद्धबहादुर बोहोरा
2.2k Shares

 

साँकेतिक तस्वीर

पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेनका एकै परिवारले खाएको बिषालु सब्जीबाट बिरामी भएका मध्ये एक जनाको अवस्था गम्भीर भएको छ ।

एकै परिवारका सात जनाले शुक्रबार विहान बिषालु सब्जी खाँदा विरामी भएका मध्ये स्थानीय अन्दाजी ६८ वर्षिय घरमुली लक्ष्मी नेम्बाङको अवस्था गम्भीर भएको पारिवारिक श्रोतले जनाएको छ । हाल उनको झापाको विर्तामोड स्थित वि एण्ड सी हस्पिटलमा आइसियु कक्षमा राखेर उपचार हुँदै गरेको बिरामीका छोरा लोकेन नेम्वाङले जानकारी दिए ।

उनका अनुसार बिरामीको श्रीमती ६० वर्षिय लछु माया लावती नेम्वाङ र छ वर्षिय अनुस्काको सोही हस्पिटलबाट आज डिस्चार्ज गरिएको छ भने २७ वर्षिय छोरा दिपक र १० वर्ष मुनिका तीन जना नातिनीहरुलाई जिल्ला अस्पताल इलाममा उपचारपछि शनिबार घरमा आइपुगेको उनले बताए ।

विहान १० बजे खानाको समय बारीमा उत्पादन भएका विभिन्न सागसब्जी जम्मा गरि तरकारी बनाएर खानासंग खाएको केही बेरमा बेहोस हुने,बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा तुरुन्तै एम्बुलेन्स बोलाएर विरामीलाई अस्पताल पठाइएको
थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार