जरादेखि लहरासम्म बिक्रिहुने इस्कूस खेतीमा इलामका किसानको आकर्षण

  नयाँ बुलन्द
98 Shares

इलाम : जरादेखि लहरासम्म बिक्रिबाट आम्दानी लिन सकिने इस्कूस खेतीमा इलामका किसानको आकर्षण बढेको छ । मौसमी तरकारीको रुपमा परिचित इस्कूस बेचेर पूर्वी इलामका किसानले लाखौंको आम्दामी गर्छन् । सिजनको सुरुमा एक मन अर्थात चालिस केजीको १६ सयमा बिक्री भएको इस्कुसको भाउ राम्रो मानिन्छ । नगदे बालीको रुपमा जेठ महिना देखि मंसिर महिनासम्म आम्दानी लिन सकिने इस्कुस बेचेर किसानले छ महिनामा लाखौँ कमाई गर्ने गरेको हुन् ।

भारतीय व्यापारी घरमै आएर इस्कुस खरिद गर्न थालेपछि खाध्यबाली नै छोडेर किसान इस्कुस खेतीमा लागेका छन् । जरादेखि लहरासम्म बिक्रि हुने तरकारी बाली इस्कुस खेतीमा किसानको आकर्षण बढेको छ । इस्कुसको फल प्रतिमनको पन्ध्रसय रुपैयाँसम्म मूल्य पाएपछि किसानले अहिले खाध्यबाली छोडेर इस्कुसको खेती गरेका छन् ।

इस्कुसको रोपण फागुन हुन्छ । एक पटक रोपेपछि अर्कोवर्षपनि सोहि ठाउँबाट इस्कुसको बोट पलाउँछ । जरा, फल, मुन्टाको बिक्रिबाट राम्रो आम्दानी हुने भएकाले मकैखेती छोडेर इस्कुस खेती गरेको सुर्योदय नगरपालिका ९ की किसान रुपा सुवेदीले बताउनुभयो । इस्कुसको लहरा पनि गाईबस्तुको खोलेमा प्रयोग हुने भएकाले जरादेखी लहरासम्म खेर जाँदैन ।

इस्कुसको हरियो मुन्टा, फल र जरा (तरुल) तीनवटै उत्पादन तरकारीमा प्रयोग हुन्छ । इस्कुसको फलको सिजनमा बजारका अधिकास खाजा पसलमा म.म बनाउन प्रयोग गरिन्छ । पछिल्लो समय भारतका बजारमा बजारमा समेत इस्कुसको माग बढेपछि धान मकै खेती हुने जग्गामा इस्कुस रोप्न थालेको किसान तुलसी पराजुलीको भनाई छ ।

इलामको सुर्योदय, रोङ, माइजोगमाइ लगायतका स्थानीय तहमा व्यवसायीक रुपमा इस्कुस खेती हुँदै आएको छ । लहरा फैलिएर फल दिने इस्कुसका लागि हजारौँ घना बासको प्रयोग गरि माच बनाउने गरिन्छ । जेठ पन्ध्रदेखि मंसिरसम्म फल दिने इस्कुसको त्यसपछि जरा खनिन्छ । जरा प्रतिकिलो सय रुपैयाँसम्म बिक्रि हुन्छ भने मुन्टा प्रतिमुठा २० देखि ५० रुपैयाँमा बिक्रि हुन्छ । इस्कुसका फुलहरुमा प्रशस्त गुलियो रस पाइने हुँदा मौरी चरणको लागि पनि उपयुक्त बाली मानिन्छ ।

इलाममा इस्कुस खेतीका लागि न्यानो र ओसिलो हावापानी भएकाले रोगकिरा खासै लाग्दैन । इस्कुसखेतीबाट एक किसानले २ लाखदेखि २० लाखसम्म बार्षिक आम्दानी गर्दै आएका छन् । यसरी पूर्वी इलामको किसानले इस्कुस बेचेर महिनामा नै लाखौं कमाउछन् । बजार समेत खोजी गर्नु पदैन । इलाममा २८ प्रकारको इस्कुस पाइने गरेको कृषि विज्ञ बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार