
पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा ३ राँके निवासी एक पुरुषको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान ११ बजेर ३० मिनेटमा ६४ वर्षिय वृद्धको आफ्नै घरमा निधन भएको खबर पाए लगत्तै कोरोनाको शंका गरि स्वास्थ्यकर्मीबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिए ।
जेठ ९ गते राँकेमा एन्टिजेन परिक्षण गर्दा तीन महिला र छ पुरुष गरि जम्मा नौ संक्रमित पुष्टि भएका मध्ये मृतकका छोरा बुहारी र श्रीमती समेतको रिपोर्ट पोजेटिभ देखिएको थियोे । त्यस समयमा उनको परिक्षण नभएको जनाइएको छ ।
मृतकको शव नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी भइरहेको अध्यक्ष कुरुम्बाङले बताए ।
हाल सम्म पालिकामा २० जना संक्रमित छन् ।
घटनापछि पालिका भित्र उच्च सतर्कता अपनाइएको र सबैले सुरक्षित भइ सावधानी अपनाउन कार्यालयले आग्रह गरेको छ ।






















































