बजेटमा पुरानै कार्यक्रमको निरन्तरता, अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम अटेनन्

  नयाँ बुलन्द
35 Shares

काठमाडौं । कोरोनाले शिथिल बनाएको अर्थतन्त्र सुधारका लागि नयाँ कार्यक्रम आउने अपेक्षा गरिए पनि सरकारले आर्थिक वर्ष २०७८/७९को आयव्यव विवरण (बजेट)मा त्यस्तो हुन सकेन । बजेटमा पुरानै कार्यक्रमहरूलाई निरन्तरता दिइएको छ ।

आगामी आर्थिक वर्षमा सांसद विकास कोष र निवारण कोष खारेज गरेको छ । तर, प्रधानमन्त्री रोेजगार कार्यक्रम, पुनर्कर्जा तथा सहुलियत कर्जाको पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यस वर्ष सरकारले खोप कार्यक्रम तथा जनस्वास्थ्यलाई प्राथमिकता दिएको छ । तर, अधिकाशं कार्यक्रम भने चुनावमुखी देखिएका छन् ।

यस्तै, सरकारले चालु आर्थिक वर्षमा महिला तथा वैदेशिक रोजगारबाट फर्केकालाई सहुलियत कर्जा प्रदानका लागि १३ अर्बको व्यवस्था गरेको छ । विद्युतिय सवारीको प्रयोगमा प्रोत्साहन गर्दै सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थ प्रयोग हुने सवारी साधन नियन्त्रण गरिने व्यवस्था गरेको छ ।

वृद्धभत्ता ३३ प्रतिशतले वृद्धि गरेको सरकारले स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रशितले वृद्धि गरेको छ । बजेटले प्रविधिको प्रयोगमा जोड दिँदै बजेटले रोजगारीमा रहेका नेपालीले मोबाइल वालेटबाटै रकम पठाउन सक्ने व्यवस्था गरिने बताउनुभयो ।

अघिल्लो वर्ष झैं यस वर्ष पनि कृषिमा खासै नयाँ कार्यक्रम थपिएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार