
इलाम : उपचार बापतको पैसा बुझाउन नसक्दा एक हप्तादेखि झापाको विर्तासिटी अस्पतालमा बस्न बाध्य इलामका सरोज गदाल घर आईपुगेका छन् ।
गत बैशाख २५ गते कोरोना संक्रमण भएपछि उपचारका लागि उनी सो अस्पताल भर्ना भएका थिए ।संक्रमण मुक्त भएका गदालले उपचार बापतको रकम अस्पताललाई बुझाउन सकेका थिएनन् ।
आर्थिक अभावका कारण अस्पतालमै बस्न बाध्य भएका उनको बारेमा समाचार सार्वजनिक भएपछि इलाम सूर्योदयका संचारकर्मी दिनेश महतको पहलमा फेसबुक मार्फत सरोज गदाल घर फर्काउ अभियान सुरु गरिएको थियो ।
सो अभियानमा विभिन्न ब्यक्ति साथै संघ-संस्थाहरुले आर्थिक सहयोग गरेपछि आज उनलाई अस्पतालबाट उद्धार गरिएको संचारकर्मी महतको भनाई छ ।अस्पताललाई करिब डेढ लाख रुपैयाँ बुझाएपछि सरोजलाई घर ल्याउन सफल भएको उनले बताए।
अभियानको क्रममा संकलन भएको रकम मध्ये ३० हजार रुपैयाँ बचत भएको बताइएको छ । आर्थिक अवस्था कमजोर भएकाहरुलाई आगामी दिनमा सोही रकम सहित कोष निर्माण गर्ने र सहयोग गर्ने योजना रहेको महतले जानकारी दिए ।
नेपाली काङ्ग्रेसका नेता एबम इलामका समाजसेवी डम्बर खड्काले आफ्ना सहयोगीलाई अस्पतालनै पठाएर अस्पताल संग समन्वय गरि बाकी रहेको रकम भुक्तानी गरेर सरोजलाई घर सम्म ल्याउने काम गरेका थिए ।
खड्काका सहयोगी शिव कुमार थापाका अनुसार बिरामीलाई घर ल्याइएकाे र घरका अन्य परिवारका सदस्यहरुको समेत एन्टिजेन परिक्षण आज नै गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको बताए । बिरामी लिन थापा झापाको बिर्तासिटि अस्पताल पुगेका थिए ।
खड्काले अन्यदाता बाट सन्कलित रकममा अपुग १५ हजार रुपैयाँ सहयोग गर्नुका साथै घर सम्म पुर्याउन निशुल्क गाडीको ब्यवस्था गरेका थिए । खड्काले सरोजलाई घर फर्काउनको लागि रकम संकलन अभियानको सुरुमा नै अन्य दाताबाट संकलन भएको रकममा अपुग रकम आफुले दिने प्रतिबद्धता जनाएका थिए ।
खड्काले यो विषम परिस्थितिमा इलामका नागरिक जो बिरामी भएको खण्डमा उनीहरुलाई घर बाट अस्पताल ल्याउन र लानका लागि निशुल्क सवारी साधनको ब्यब्स्था गरेका छन ।
गदाल अस्पतालमा समस्यामा रहेको खबर सर्बप्रथम नयाँ बुलन्द डटकमले प्रकाशन गरेको थियो भने त्यो समाचार प्रकाशन लगत्तै रकम संकलन अभियान सुरु भएको थियो ।

यो पनि हेर्नुहोला :-
समाचारको प्रभाव : इलामका सरोज गदाललाई घर फर्काउने अभियान सुरु
























































