फाल्गुनन्दमा अज्ञात सागसब्जी खाँदा एकै परिवारका सात जना विरामी

  युद्धबहादुर बोहोरा
3.6k Shares

 

पाँचथर : फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदेनमा अज्ञात सागसब्जी खाँदा शुक्रबार विहान एकै परिवारका सात जना विरामी परेका छन् ।

विरामी हुनेमा स्थानीय अन्दाजी वर्ष ६८ को लक्ष्मी नेम्बाङ ,उनको श्रीमती ६० वर्षिय लछु माया लावती नेम्वाङ ,२७ वर्षिय छोरा दिपक र एक नातिनी वर्ष ६ की अनुस्काको अवस्था गम्भीर भएपछि उपचारको लागि झापा लगिएको राँके स्थित प्रहरी चौकी चिलिङ्देनका प्रहरी नायब निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

अन्य १० वर्ष उमेर मुनिका तीन नातिनीहरुको अवस्था सामान्य रहे तापनि अस्पताल लाने तयारी गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र भट्टराईले बताए ।

विहान १० बजे खानाको समय बारीमा उत्पादन भएका विभिन्न सागसब्जी जम्मा गरि तरकारी बनाएर खानासंग खाएको केही बेरमा बेहोस हुने,बर्बराउने र वाकवाकी लाग्ने जस्ता समस्या देखिएपछि स्थानीय स्वास्थ्यकर्मीको सल्लाहमा तुरुन्तै एम्बुलेन्स बोलाएर विरामीलाई अस्पताल पठाइएको छ ।

घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार