पाँचथरका एक जनप्रतिनिधिको कोरोना संक्रमणका कारण निधन

  नयाँ बुलन्द
952 Shares

 

पाँचथर : कोरोना संक्रमणका कारण हिलिहाङ गाँउपालिका वडा नम्वर ४ का अध्यक्ष सिरि सिगुको निधन भएको छ

झापा स्थित वि एण्ड सी अस्पतालमा उपचारको क्रममा विहिबार विहान नौ बजे उनको निधन भएको हो ।

बैशाख अन्तिम हप्तामा कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बस्दै आएका उनको स्वास्थ अवस्थामा समस्या आएपछि पाँचथर अस्पताल ल्याइएको र झन जटिल हुन थालेपछि बिर्तामोड रेफर गरिएको थियो ।

त्यसपछि निरन्तर उपचारको क्रममा रहेका सिगुको स्वास्थ अवस्थामा निरन्तर उतार चढाब आइरहेका खवरहरु सार्वजनिक भइरहेका थिए । यसैविच आज विहान नौ वजे उपचारमा संलग्न चिकित्सकले जानकारी दिएको अस्पतालमै रहेका कमल सिगुलाइ उदृत गर्दै हिलिहाङ गाँउ पालिकाका प्रवक्ता समेत रहेका वडा नम्वर ३ का अध्यक्ष मदन गौतमले जानकारी दिनुभयो । सिगुको निधनको खवर पश्चात हिलिहाङ सँगै जिल्लाका आम नागरिक स्तब्ध भएका छन । मितेरीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार