
इलाम : स्वावलम्बन लघुवित्त वित्तिय संस्था लि. इलाम शाखा कार्यालय द्धारा आफ्ना अति विपन्न ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ ।
कोरोना भाइरसको दोश्रो लहरको प्रभावको कारणले नेपाल सरकारले जिल्ला जिल्लामा निषेधाज्ञा गरे सगै ब्यापार ब्यावसाय, यातायातका साधन बन्द हुदा दैनिक ज्याला मजदुरी गरेर आफ्नो ब्याबहार चलाउदै आइरहेका अति विपन्न परिवारमा यसको प्रत्यक्ष असर देखिन थालेकाले यस वित्तिय संस्थाले आफ्ना गा्रहक सदस्यहरलाई राहत वितरण गरेको इलाम शाखा प्रमुख श्री सूर्य बहादुर थापाले बताए ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत न्युन आय भएका आफ्ना ४० जना सदस्यहरुलाई राहत सामाग्री स्वरुप चामल,दाल,नुन र तेल गरि एक हजार मुल्य बराबरको सामाग्री वितरण गरिएको हो ।
यस वित्तिय संस्थाले हाल ६१ जिल्लामा १४० वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ भने यो विषम परिस्थितिमा सबै कार्यालयहरु मार्फत राहत वितरण पनि गरिरहेको छ ।
























































