पाँचथर : कुम्मायक गाँउपालिकाका ४५ वर्षिय एक पुरुषकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ ।
फिदिम १ मा हाेटल सञ्चालन गर्दै अाएका उनकाे थप उपचारका लागि झापा लैजाने क्रममा बाटाेमै निधन भएकाे प्रमुख जिल्ला अधिकारी पून्यप्रसाद ढकालले जानकारी दिए ।
याे सँगै पाँचथरमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ । शुक्रवार पाँचथर अस्पतालमा उपचारका लागि भर्ना भएका उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि झापा लैजाने क्रममा इलामकाे फिक्कल पुगेपछि उनकाे निधन भएकाे बताइएकाे छ ।-हाम्रो सवालबाट