
पाँचथर : कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा शुक्रबार एक घर आगलागी भएको छ ।
यासोक बजार अन्तर्गत रानीगाउँ लाइनमा रहेको प्रकाश काफ्लेको घरमा बिहान ७ बजे आगलागी हुँदा आगलागीबाट १९ लाख ४६ हजार बराबरको धनमाल क्षति भएको प्रहरीले ठहर गरेको छ ।
बिहान चिया तताउने क्रममा सिलिन्डरबाट ग्याँस लिक भइ आगो फैलिएको र आगो निभाउन स्थानीय बासी र सुरक्षाकर्मीको सहयोगमा करीब एक घण्टाको कसरतमा आगो नियन्त्रणमा आएको थियो ।
काफ्लेको चारतले पक्की घर माथि छतमा निर्माण गरिएको कच्ची भान्सा घरमा आगलागी हुँदा घरको माथिल्लो भाग जलेर पूर्ण रूपमा क्षति भएको बताइएको छ ।
























































