राई कामरेडहरु, तपाईंहरुको पिता-पूर्खाले खाईखेली भूमि कहाँ हो ?

  निनाम कुलुङ 'मंगले'
1.7k Shares

हुन त धेरै मान्छेहरुलाई लाग्दो हो, यो ‘केहीनजान्ने कुलुङे ढाके्र’लाई कथित् राई जातीवालाहरु र, राई जाति वालाहरुको संस्था ‘राई यायोक्खा’ (स्मरण रहोस्, “यायोक्खा” शब्द कुनै माईकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो अरे ! तर “यायोक्खा” शब्दको अर्थ भने यो ‘केहीनजान्ने कुलुङे ढाके्रलाई थाहा भएन ।) प्रति किन त्यत्रो रिस ? किन वर्षौदेखि राई यायोक्खाको विरुद्घ लेखी रहेको छ ? यसको गूढ रहस्य के छ ?’ तर खास कुरो त्यस्तो केही होइन/छैन, न त जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल/कलेज/क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ भन्दै हिँड्ने राई सर र राईनी म्याडमहरुसँग मेरो व्यक्तिगत चिनजान नै छ, न त उनीहरुप्रति व्यक्तिगत रुपमा मेरो दुराशय (नकारात्मक दृष्टिकोण/सोच) नै छ ।

तापनि केही नबुभ्mने लाटो ! ले पनि बुभ्mने कुरो के हो भने, कथित् राई ! जातिको नाममा खुलेको राई ! यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ता बनेका राई सर/राईनी म्याडमहरुले विसं २०६२/०६३ को राजनैतिक परिवर्ततनपछि आप्mनो (कथित् राई ! का लागि) लागि राज्य, संघ वा प्रदेश माग्दा किन ‘राई ! राज्य’, ‘राई ! संघ’ वा ‘राई ! प्रदेश’ मागेनन् ? किन किरात प्रदेश मागे/माग्दैछन् ? भन्ने पनि एक प्रमुख प्रश्न हो ।

स्मरण रहोस्, सुनिएअनुसार ‘यायोक्खा’ कुनै माईकालाल राई ! को भाषा नभएर बान्तावा जातिको भाषा हो भन्ने त माथि नै उल्लेख गरेको छु । तर, ‘यायोक्खा’को शाब्दिक अर्थ भने यो पंक्तिकारलाई थाहा भएन भन्ने पनि लेखेकै छु । यसरी हेर्दा उनी (राईवादी) हरुले ‘राई !’ के–कति कारणले जात वा जाति नै हो त ? भन्ने कुनै विश्वासिलो र भर पर्दो तथ्य, प्रमाण र आधार नदिई एकोहोरो ढंगले “राई जातै हो, जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा (नागरिकतामा तीनपुस्ते लेख्ने कुरो गर्दा मेरो बाजेको नाम कालीबहादुर मात्रै थियो, ‘राई !’ थिएन) मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल/कलेज/क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ” भन्दै हिँड्ने गरेका छन्, अन्तर्वार्ताहरु दिने गरेका छन्, लेखहरु लेख्ने गरेका छन् । गाँठी कुरो गर्ने हो भने, राई सर/राईनी म्याडमहरुले राई जात वा जाति नै हो भने, राईको वंश को हो ?, राईको पुर्खाहरुको नाम के–के हो ?, राईहरुको पिता–पूर्खाले सुरुमा चर्चेको/खाईखेलि आएको ऐतिहासिक भूमि कहाँ हो ?, भाषा के हो/कुन हो ?, भेषभुषा के हो, कस्तो हुन्छ ?, …, आदि बारे हालसम्म कुनै पनि माइकालाल राई!हरुले तथ्य, प्रमाण, आधारसहित बताएको/बताउन सकेको छैन ।

जस्तो कि ‘कुलुङ जातिले किन हामी कुलुङ जाति हो भनी रहेको छ भन्दा कुलुङ जातिका पिता–पूर्खाले सुरुमा खाई खेलिआएको/चर्चेको ऐतिहासिक ुभूमि हालको सोलखुम्बु जिल्लाको उत्तरपर्वी क्षेत्र हो, जुन ठाउँलाई “महाकुलुङ” भनेर चिनिन्छ ।’ त्यस्तै आठपहरियाको पनि होला, बाहिङको पनि होला, मेवाहाङको पनि होला, बान्तावाको पनि होला, … अरुहरुको पनि होला । तर, ‘राई !’ को नि ?

त्यसैले आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रान्ति गर्दै गरेको यो समयमा पनि उनीहरु (राई जात वा जातिवालाहरु) एकोहोरो रुपमा ‘सुगा रटाई !’ मात्रै गर्दै राई जातै हो, राई जातै भन्दै लिँडेढिपी गरिरहेमा भविश्यमा हा्रमा सन्तान, दरसन्तानहरु (भावी पुस्तहरुमाझ) नराम्रोसँग कलंकित हुने छन् । त्यस्तै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) ले पनि ती राई जातिवाला राई सर/राईनी म्याडमहरुलाई नराम्रोसँग धिक्कार्ने छन्, सराप्ने छन्, यो पक्का छ ।

संभवतः चेतनापछि फर्किएन भने, आगामी जनगणना (विसं २०७८ को १२ औं राष्ट्रिय जनगणना, हाल स्थगित भएको छ ।) मा राईको जनसंख्या वि २०६८ को भन्दा आधाभन्दा पनि बढी संख्याले घट्ने छ । हुन पनि विसं २०५८ को जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको ‘राई !’ को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । जबकि १० वर्ष १.२ वा १.३ प्रतिशतले मात्रै बढेको भए पनि ७ लाख १५/२० हजार चानचुन हुनुपर्ने थियो । तर, यो पक्षमा भने कुनै पनि राई जातिवाला राई सर राईनी म्याडमहरु चुँ … नबोलीकन बसेका छन् । यसरी राई जातिवाला राई सर राईनी म्याडमहरु चुँ …सम् मगर्दैनन् । यो तथ्यका बारे पनि अब कथित् राई जातिवालासर/म्याडामहरुले ‘बिरालाले आप्mनो बिष्टा लुकाएझैंँ नलुकाएर’ प्रस्टसँग बोल्नुलेख्नु पर्ने देखिन्छ । अन्यथा …. ।

जे होस्, नेपालमा विसं २०६२/०६३ को राजनैतिक परिवर्तनसँंगै यहाँका विभिन्न जातजातिहरुले आ–आफ्नो जातजाति, भाषाभाषी, ऐतिहासिक भूमि अर्थात् भूगोलको आधार वा नाममा संघीय राज्य वा प्रदेशहरु स्थापना हुनुपर्ने भनी वकालत गरेका थिए, माग राखेका थिए । कसैकसैले अहिले पनि यो माग जारी राखेका छन् । जुन स्वाभाविक पनि थियो/छ । तर, त्यस क्रममा कथित् राई ! जातिको नाममा खुलेको यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरुले आप्mना (कथित् राई ! का लागि) लागि राज्य, संघ वा प्रदेश माग्दा ‘राई ! राज्य’, ‘राई ! संघ’ वा ‘राई ! प्रदेश’ नमागेर किन किरात प्रदेश मागे/माग्दैछन् ? भन्ने फेरि पनि मेरो लिँडे–ढिपी रहेको छ । स्मरणीणय छ, राई सर राईनी म्याडमहरुले राज्य माग्ने क्रममा पहिले पूर्वका १७ वटा जिल्ला मागेका थिए भने हाल १४ वटा जिल्ला समेटेर राज्य दिनुपर्ने माग राखेका थिए वा भनौ अभैm पनि १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्नुपर्ने माग राख्दैछन् । तर, अचम्म के भने, जसरी लिम्बु एउटा जाति भएकोले लिम्बुवान राज्य माग्दैछ । त्यस्तै थारु एउटा जाति भएकोले थारुहरुले थारुवान राज्य माग्दैछन् । उता मगर पनि नेपालको एक जाति भएकोले मगरात राज्य माग्दैछ । तर, राई जाति हौं भन्ने राई सर/राईनी म्याडमहरु भने राई संघीय राज्य !, राई प्रदेश ! वा राई स्वायत्त प्रदेश ! नमागेर किरात राज्य वा प्रदेश माग्दै हिँडिरिहेका छन् ? ८ औं आश्चार्य यहाँनेर छ । यदि राई जाति हो भने त राई राज्य वा राई प्रदेश पो माग्नुपर्ने, होईन र ? यस बारेमा नामको अगाडि बुद्धिजीवी, विश्लेषक, प्रा., डा., प्राडा, लेखक, विश्लेषक आदिको फुर्को जोडिएका महानुभावहरुले लेख लेख्नुअघि, अन्तर्वार्ता दिनुअघि एकपटक राई यायोक्खा नामक एनजिो र तिनका हर्ताकर्ताहरुलाई सोधे हुन्थ्यो !

हुन त साँचो अर्थमा भन्नु पर्दा विश्वभरिकै आईएनजिओ/एनजिओहरुले राज्य मागेको र, त्यस्ता आईएनजिओ/एनजिओहरुले राज्य पाएकोे इतिहासमा कही पनि छैन । बरु सम्बन्धित देशमा सरकार चलाएको (कुनैकनै देशको सरकारलाई आपूm अनुूकल चलाएको) देखिन्छ । तर, कहीँ नभएको जात्रा हाँडी गाऊँ (नेपाल) मा हुने देश भएकोले होला, नेपालमा एनजिओले पनि बकाईदा साथ राज्य मागेको देखिन्छ । यसरी हेर्दा राई जातिको नाममा खुलेको राई यायोेक्खा नामक एनजिओका हर्ताकर्ता राई सर/राईनी म्याडमहरुले अहिलेको एक नम्बर प्रदेशलाई किरात प्रदेश नाम राख्नुपर्ने माग वेला–वेलामा राख्ने गरेका छन् । अर्को स्मरणीय कुरो के छ भने, राई शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’ नै हो भन्नेमा सबै सहमत छन् । त्यो वेला कर्णाली प्रदेशमा राजालाई ‘राय’ भनिन्थ्यो भनेर माथि नै लेखी सकिएको छ ।

त्यसो त जातीय स्वपहिचानको सवालमा कुनै वेला परिस्थिति कस्तो सम्म आयो भने, विसं २०५८ सालमा पूर्वराजा ज्ञानेन्द्रले लालमोहर लगाएको आदिवासी जनजाति उत्थान प्रतिष्ठान (आजउराप्र) ऐन अन्तर्गत राई जातिमा सूचीकृत भएर राई जातिको नाममा राईंदाईं गर्ने राई योयाक्खाका हर्ताकर्ता राई सर/राईनी म्याडमहरु राजा ज्ञानेन्द्रले कार्यकारी अधिकारसहित आफै शासनसत्ता हातमा लिएपछि प्रतिष्ठानबाट हटेनन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रष्ठिान ऐनको परिच्छेद ३ दफा ७ मा सञ्चालक परिषद गठन शीर्षकमा भनिएको छ–‘प्रतिष्ठानका तर्फबाट सम्पादन गर्नुपर्ने कार्य सम्पादन गर्नका लागि प्रतिष्ठानको सर्वोच्च अंगको रुपमा देहाय बमोजिमको एक सञ्चालक परिषद रहनेछ । १. प्रधानबन्त्री अधक्ष्य, २. स्थानीय विकासमन्त्री वा राज्यमन्त्री सहअध्क्षय …… ।’ ३. …. । ४. …… यस्तो व्यवस्थाअनुसार त्यो वेला स्वतः तत्कालीन राजा ज्ञानेन्द्र पनि प्रधानमन्त्री जस्तै प्रतिष्ठानका अध्यक्ष भएका थिए । तर, राई यायोक्खाका हर्ताकर्ताहरुले ज्ञानेन्द्र सरकार प्रमुख भएको वेला प्रतिष्ठानमा दिएको निवेदनलाई आधार मानेर ‘कुलुङे ढाक्रेहरु दरबारमा जात माग्न गए !’ भनी हौवा फिँजाए ।

साँचो अर्थमा राई जात वा जाति होइन भन्ने कुरो त २०२१ सालमा आएको भूमिसुधार ऐन पूर्ण रुपमा लागू हुनु अघिसम्म तालुकदार वा लालमोहरवाला असली राई बाहेकका रैतीहरुलाई आप्mनो नामको पछाडि राई ! लेख्न नदिने गरेको इतिहासले नै बताउंँछ । राई भनेको जात होइन भन्ने त संखुवासभा जिल्लाको पाथीभरा गाउँको बाह्रविशे भन्ने ठाउँका वनेम थरका लिम्बुहरुले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ ।

सो समाचार त्यही वेला विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । अहिलेका केन्द्रीय सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई पनि राई छन् । उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ?, राईको वंश को हो ?, राईको मातृभाषा कुन हो ?, राईको मौलिक भेषभुषा के हो ?, राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? देखाउन सक्नु पर्छ ।

राईको भन्दै बान्तावा भाषामा आप्mनो एनजिओको नाम ‘यायोक्खा’ राख्ने र राईको भन्दै चाम्लिङ जातिको नाच ‘साकेला’ कहिलेसम्म नाच्ने वा देखाउने ? फेरि विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’ किरात माझी राई संघ आदि संघ खोलेर राईयोयोखा नामक एनजिओमा कथित् राई जातिको सदस्यता वा सम्वद्धता माग्न आएमा उक्त एनजिओले उनीहरुलाई पनि कथित् राई जातिको जातीय सम्वद्धता दिन्छ ? जसरी दनुवारलाई ‘देवास राई’ भनेर फुटाएर कथित् राई जातिको सम्वद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना (राजन डोने र ज्योती दनुवार) दनुवारहरुका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो ।

अर्को महत्वपूर्ण कुरो अथवा प्रश्न भनेको के हो भने, ‘यदि ‘राई !’ साँच्चै जात नै हो भने, नेपालमा पटकपटक सभासद”सांसद र केन्द्रीय/संघीय सरकारको मन्त्री भएका मोहमद इस्तियाक ‘राई !’ र भारतीय सिने उद्योगकी चल्ता–पूर्जा कलाकार (हिरोइन) ऐश्वर्य ‘राई !’लाई राई सर/राईनी म्यामडहरुले अहिलेसम्म किन पगरी/फेटा नगुथाएको/सम्मान नगरेको ?’ वास्तवमा यो प्रश्न हँसी–मजाक र ख्याल–ठट्टा जस्तो लागे तापनि प्रश्न त गम्भीर पो छ है ! राई सर/राईनी म्याडमहरु ?

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार