माइजोगमाईमा एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि

  नरेन इलामेली
357 Shares

 

इलाम : माइजोगमाई गाउँपालिकामा बुधबार एकै दिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पालिकाका विभिन्न वडाका १६ जनाको स्वाव परिक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य शाखाका प्रमुख तथा कोभिड फोकल पर्सन रामशंकर देवले जानकारी दिए ।

संक्रमण देखिएका मध्ये नयाँबजारका चार जना, नामसालिङ्गका तीन जना, सोयाङका एक जना र प्याङका दुई जना रहेका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

कोरोनाको दोश्रो लहर सुरु भएसँगै हाल सम्म गाउँपालिकामा १६ जना संक्रमण देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ । संक्रमित मध्ये चार जना नयाँबजार स्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत रहेको र बाँकी होम आइसोलेसनमा रहेको स्वास्थ्य शाखा प्रमुख देवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार