लिम्बु जाती अन्तर्गत नेम्बाङ थरको वंशावली (नेम्वाङको मांगेना लुङघुङ यक)

  नयाँ बुलन्द
2.4k Shares

 

(लेखक : नन्दहाङ्ग नेम्वाङ)

पूर्वी नेपालको लिम्बुवान भू-भागमा बसोबास गर्ने याक्थुम/लिम्बू जाति यस भूगोलको आदिम पुर्खा हुन् यसमा पनि नेम्बाङ एक मुख्य थर हो । तर, नेम्बाङ वंशको उत्पति कहाँ र कहिले भयो भन्ने बारेमा फरकफरक धारणाहरु छन् ।

“किराँत सेनेहाङ लिम्बू वंशावली इतिहास”मा चुडामणी सेनका चार भाइ छोराहरू बराहक्षेत्रबाट तमोर तिरै तिर उकालो जाँदा वर्तमानमा धनकुटा जिल्लाको बोधे,तमोर नदिको किनार सधाम पुर्वतिरको एउटा टार (मैदान) पुगे ।
यी चार भाइ सेनहरूले त्यही ठाउँमा चारवटा ढुङ्गा गाडेर फेरि भेट्ने बाचा गरि छुट्टिए। उनीहरू तमोर तिरैतिर भैसे,कुसुमेटार,नोगुघाट हुँदै सिमराघाट पुगेपछि जेठा तमोर पार तरे एक भाइ मेवाखोला तिर लागे अर्को भाइ तमोर तिर गए भने कान्छा मणिसेन हिवाखोला हुँदै थेगुकेहिम्वा वर्तमान याङ्नाम पुगि चोवेगु,केरूङ, हासरूम्बा,थोक्लिहाङ मियोङ्वा योङहाङ लिङदेन सेम्बू,र नेम्बाङहाङ थर भए ।

सेनेहाङ वंशावली लाई अाधार मान्ने हो भने नेम्बाङ पुर्खा अभिसेन(उदीमसेन)हुँदै मणिसेनका कान्छा छोरा नेम्बाङ (१५) पुस्ता भनिएको छ तथापि नेम्बाङको वंशवृक्ष पहिल्याउँदै जाँदा मणिसेन,चुडामणिासेन अभिसेन अादि नेम्बाङका पुर्खा नभेटिएकोले नेम्बाङ मणिसेनका सन्तान नभएको निष्कर्ष छ ।

यस्तै, इमानसिंह चेम्जोङद्वारा लिखित “किराँत इतिहास र संस्कृति “मा लिम्बुवानको नेम्बाङ जातीमा कुन्वाङती ज्यादै प्रख्यात राजा थिए । जब उनी मरे उनको आत्मालाई थेवासाम नाम दिई देवता बनाए र उनका पुर्खाहरू चिनियाँ मुलका थिए । कुन्वाङतीका एक प्रसिद्ध बालक थिए जसको नाम पाथोहाङ?पात्थोङ थियो भन्ने उल्लेख भएता पनि कुन्वाङती नै थेवा हो भन्ने कुनै सत्यता छैन । थेवाले चुक्मिबा र लादिप्पामा रूप धारण गरेको हुनाले थेवाको मुक्साम (दैवी शक्ति)बाट चुक्मिबा र लादिप्पा पेभाकुम थिए भनी थेवासाम मुन्धुममा वर्णन गरिएको पाईन्छ । थेवा एक सर्वब्यापी तागेरा माङ हुन यस कारण नेम्बाङहरूले पेभाकुम भन्ने गरेका पाईन्छ । थेवा साम्माङ पुजा सुरुवात गर्दा तुम्याहाङले यसरी थेवालाई पुकार्नु सुरु गर्दैछ “है..है..है.हाला हाङ केमुक्पा ए…पेभाकुम पेमाङ ए….,अाकुमु मुक माङ ए….सुनुगेन सुथेवा ए….,अानुगेन अानुथेवा ए…हाङलेले हाङसाम्माङ ए…थेथे रे थेवा साम्माङ ए…अानीगे केरेकले चुपसाङनु फेन्छाङ हुक सिभाक अाङ यरिक यरिक सेवारो ।
यस्तै लिम्बूको संक्षिप्त इतिहाँस तथा अाङदेम्बे वंशावलीमा नेम्बाङ लाप्चा थरी हुन किनकि इमेपा लाप्चा जातिमा पनि नेम्बाङ थर पाईन्छ भनिए पनि नेम्बाङका पुर्खा चुक्मिबा र लादिप्पाका श्रीमतीहरू चारखोलाका लाप्चा राजाका छोरीबहिनि रोङ कुङरमित र रूम्मित नुर्राप थिए ।
यसर्थ लाप्चा र नेम्बाङ एकै वंश नभएको पुष्टि हुन्छ यस्तैगरि नव सुधार साप्ताहि (24 oct 2005)मा पि वि दियालीका अनुसार नेम्बाङका प्रथम पुर्खा लारासो पाङभोहाङ(प्रथम)हुन् र उत्पत्ति स्थल पाँचथरको अाप्ताङवा तिदाङवा खोलाको सेरोफेरोमा भएको हो भनिएको छ ।
तिब्बतबाट कुन्वाङतीका सन्तान भएर पान्थरको दोरोम्बा हुँदै नाम्गेत अाएका थिए । नेम्बाङवंश भनिए पनि हाङसेनलुङटारबाट चार भाइ सेन राजाहरू छुट्टिएका मध्ये कान्छा मणि सेनका सन्तान नेम्बाङ हुन भने पनि या नेम्बाङ लाप्चा ईमेपा वा तिब्बत भोटबाट झरेका भोटेका सन्तान हो भनिउल्लेख गरिए तापनि नेम्बाङ वंशको इतिहास,मुन्धुम,मिङ्स्रा,मिथक,खेदा,लुङ्धुङयक र यक (गढ,किल्ला) लाई अध्यन गर्दा नेम्बाङ वंशको उदगम स्थल अाप्ताङवा तिदाङवा सेरोफेरोवाट भएको (हो कि?)भन्ने सकिन्छ ।
अाप्ताङवा तिदाङवा खोलाको काखका अबस्थित तुम्बाङ्फे (तमाखे) मा नेम्बाङको मांगेना लुङ्धुङयक रहेको छ भने अन्य यकहरू पनि यसको आसपासमा छ तुम्बाङ्फेको सिरमा ईधुङ् यक छ ईधुङयक भन्दा माथि केही उठेको अग्लो डाँडा नाम्फुङयक छ भने नाम्फुङयक देखि केही तल पश्चिम दक्षिण तिर बसेको भागमा हाङयक रहेको छ ।

नेम्बाङको अर्को मुख्य यक भनेको हेलाङ् यक हो यहि हेलाङ् यकमा पटकपटक खाम्बोङबासा (भुमिपुत्र)पापो र माबोहाङसँग युद्ध भएको कुरा किराँत वेदमा वेदोहाङ मुन्धुममा इमानसिह चेम्जोङले लेखेका छन् ।

यद्यपि यो यकहरूमा नेम्बाङका पुर्खाले राज्य गरेको भग्नावशेष पाइन्छ । त्यस समयमा नेम्बाङ राज्यको सिमाना पुर्व दक्षिण पापोहाङयक (फेदेन यक),उत्तर फेमेवा खोला थेगिम अंश डाँडा भन्दा केही तेम्बेसम्म हुँदै उठेको डाँडा भित्र राज्य बनाएर बसेका थियो भनी अाङदेम्बे वंशावलीमा उल्लेख गरिएको छ । विरही काइँलाद्वारा लिखित नेम्बाङ वंशावली २०५१,मा नेम्बाङ राज्यको सिमाना उत्तरमा भोट,दक्षिणीमा मधेस,पश्चिममा तमोर र पुर्वमा टिष्टानदीसम्म फैलिएको थियो भनिएको छ । नेम्बाङको वंशक्रम खोज्दै जाँदा सिदेङईङहाङसम्म पुग्न सकिन्छ ।

सिदेङईङका छोरा सिदिई सिदिईका छोरा साम्लाईङ, साम्लाईङबाट अादोकमी,अागेकमी,सापोकहाङ,मापोकहाङ,केरेङवा हुँदै २८अौ पुस्तामा नेम्बाङका एक प्रतापी राजा तुम्यसेहाङ राजा थिए । यहि राजा तुम्यासेहाङको पालाबाट तुम्यसेपाङफे (तुम्यासेको गाउँ)अपभ्रंश भएर तुम्पाङफे,तुम्बाफे हुदैहुँदै हाल तमाखे नाम रहन पुग्यो । तुम्यासेहाङका तीन भाइ छोराहरू सेरिङहाङ,लोरिङहाङ र पात्थोङ थिए ।
सेरिङहाङबाट पिचवा थर भयो । लोरिङहाङबाट लोरिङदेन र लोवा थर भए । भने पात्थोङका दुई छोराहरू चुक्मिबा र लादिप्पा थिए ।चुक्मिबाका दुई छोराहरू तोङमुक्पा र मिखेक्पा थिए ।तोङमुक्पाका चार छोराहरू तुराहाङ,मयोहाङ,मुइङखेम्बा र सत्रीहाङ थिए । उनिहरू तुम्पाङफेबाट तुराहाङ याङसुबा ठाउँमा बस्न थाले । उनका सन्तानहरू याङसोबा थर भयो ।

एक भाइ मयोङहाङ लुङजाङयक फेजोङ गाउँमा बस्न थाले । उनका सन्तानहरू फेजङ थर भयो एक भाइ मुइङखेम्बा सारदाप्पा गाउँमा गई बस्न थाले । उनका सन्तानहरू सार्दापा थर भए र एक भाइ सत्रीहाङ नाम्गेत हालको नाँगिन गाउँमा बस्न थाले । उनका सन्तानहरू नामलाक्पा थर भए भने मिखेक्पाका सन्तानहारू याङदेम्बा थर भयो । यसरी चुक्मिबा नेम्बाङका सन्तानहरू जुन गाउँमा गई बस्न थाले त्यही गाउँको नामबाट नेम्बाङको उपथर रहेको पाईन्छ ।
मिखेक्पाका छोरा बधुङवाहाङ,बधुङवाहाङका छोरा थेबुन,थेबुनका छोरा पाङफेयङ,पाङफेयङका तीन भाइ छोराहरू सेधोप्पा,नोबोप्पा र छापे (चार छापे) थिए । हाल सेधोप्पा,नोबोप्पा,छापेका सन्तानहरू पौवासारताप,इम्बुङ,चिलिङदेन,हेलाङ,फाक्तेप,लुङरूपा,खेतघारी,तमाखे,ठिगेपुर,इभाङ लगायत तराईका विभिन्न ठाउँमा बसोबास गर्दैछन् । सिदेङईङहाङ एक नम्बर पुस्ता मान्ने हो भने हालसम्म नेम्बाङको वंशक्रम ४३ पुस्तासम्म पुगेको पाईन्छ ।

फाल्गुनन्द -३,पौवासारताप

हाल विर्तामोड,झापा 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार