इलाम-झापा समाज र एकका लागि एक अभियानद्वारा इलाम अस्पताललाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने

  युद्धबहादुर बोहोरा
1.4k Shares

 

इलाम : इलाम-झापा समाज र एकका लागि एक अभियान झापाद्वारा इलाम अस्पताललाई एक एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेको छ ।

केहि दिन यता जिल्लामा दिनहुँ वृद्धि भएको कोरोना संक्रमण र मृत्यु हुनेको संख्याले चिन्तित बनेका इलाम बासीले अस्पतालको श्रोत साधन प्रति जनाएको असन्तुष्टि सामाजिक संजालमा राखेर सहयोगको अपेक्षा गरेका थिए ।

उक्त अनुरोध र सामाजिक संजालमा राखेको खबरलाई स्वीकार गर्दै इलाम बासीको पीडामा मलम पट्टी लगाउने उदेश्यले इलाम- झापा समाज तथा एकका लागि एक अभियान झापाका संयोजक अग्रज विनोद बस्नेत र गजेन्द्र पौडेल तथा श्याम खड्गीको पहलमा अस्पताललाई जम्मा दुई लाख रुपैयाँ बराबरको स्वास्थ सामाग्री जेठ ५ गते सम्म उपलब्ध गराउने प्रतिबद्धता गरेको इलामका सामाजिक अभियान्ता निरोज खड्गीले जानकारी गराए ।

यस कठिन घडीमा सहयोग गर्ने दाताहरुलाई सामाजिक संजाल मार्फत धेरैले धन्यवाद दिदैं अन्य महानुभावबाट पनि थप सहयोगको अपेक्षा गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार