माई नगरपालिकामा लगातार कोरोना विरुद्ध सचेतना कार्यक्रम

  बुधराज लिम्बू योङ्हाङ
504 Shares


इलाम : जिल्लाको माइ नगरपालिकाका सबै वडाहरुमा लगातार कोरोना विरुद्ध सचेतना कार्यक्रम संचालन गरिएको छ ।

पालिकाको दक्षिण तर्फबाट प्रवेश गर्ने मुख्य नाका दानाबारीमा स्थानीय सरकार युवा सशक्तीकरण संजालले हेल्पडेस्क संचालन गरि आवातजावत गर्नेलाई सचेत गराउँदै आएको संजालका अध्यक्ष दिपेन्द्र सुब्बाले जानकारी दिए ।

विगत आठ दिन देखि नगरपालिका प्रवेश गर्नेहरुलाई संक्रमणबाट बच्न र महामारीबाट जोगिन सचेत गराउँदै नि:शुल्क मास्क वितरण,सेनिटाइजरकाे प्रयाेग गर्न सल्लाह सुझाव दिदै प्रत्येक वडाहरुमा युवाहरूलाई परिचालन गरिएको उनले बताए ।

अनावश्यक हिंडडुल नगर्न साथै अति आवश्यक भए पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न सुझाव दिदै सुरक्षित रहन अनुरोध गरिएको संजालका नगर सचिव पबित्र बुर्जा मगरले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार