महामारी नियन्त्रण गर्न हामी चुकिसक्यौ,अब के छन् त उपाय ?

  नयाँ बुलन्द  160 पटक हेरिएको

 

 

मेराे विचारमा काेराेना संक्रमण पाँचथर लगायतका जिल्लामा समुदायस्तरमा पुगिसकेकाे छ । याे संक्रमणकाे चाैथाे चरण हाे । अब पनि संक्रमण राेक्न सबै चनाखाे नहुने र ठाेस कार्य नगर्ने हाे भने समुदायमा संक्रमितकाे अवस्था भयावह हुने भएकाेले केही गर्न नसकिने अवस्थाकाे सामना गर्नु पर्नेछ । स्थिति नियन्त्रण बाहिर हुँदै मृत्यु पर्खनुकाे विकल्प रहँदैन । अझ कमजाेर स्वास्थ्य सुविधा रहेकाे क्षेत्रमा संक्रमण चाैथाे चरणमा पुग्नु झनै चिन्ताकाे विषय हाे ।

याे अवस्था निम्त्याउनमा तपाईंहामी सबैको धेरैथोर जिम्मेवार छाैं । छिमेकी जिल्लामा संक्रमण तीब्ररुपले बढिरहँदा हामीले गर्न सक्ने र गर्नु पर्ने काम हामीले गरेनाैं । मास्क लगाउने, साबुन पानीले हात धुने,भाैतिक दुरी कायम गर्ने,पार्टी,भोज जस्ता न्यूनतम कुरामा समेत लापरबाही गर्‍यौं ।

बाहिरी जिल्लाबाट अाएकालाई हाेम क्वारेन्टाइनकाे नाममा बजार र गाउँमा चारचाैरास कुद्ने छुट दियाैं ।
नजाँदा पनि हुने र नपुग्दा पनि हुने ठाउँमासमेत हुल बाँधेर पुग्याैं । जन्म, विवाह र मृत्यु सँस्कारलाई राजनीति गर्ने क्षेत्र बनाउन खाेज्याैं । सरकारीतर्फबाटै उदघाटन, अाैपचारिक कार्यक्रम तडकभडकका साथ सञ्चालन गर्ने काम भयाे ।

बजार र यातायात बन्दलाई अाैपचारिकमात्र बनाउने काम गर्याैं । अरुबेलाकाे बन्दजस्तै गरेर याे समयमा घुम्ने, तास खेल्ने, खानपीन गर्नेलगायतका मनाेरञ्जनात्मक कामलाई महत्व दिएकै हाे । अाफ्नाे फाइदाका लागि संक्रमणमा अपनाउनु पर्ने न्यूनतम सजगता पनि बिर्सियाैं ।

अब के गर्ने ?

१. कम्तिमा दुई साताकाे लागि कडा लकडाउन गर्ने । अति अावश्यकीय काम, संक्रमितकाे व्यवस्थापन, बिरामीकाे उपचार र मृतककाे व्यवस्थापनमा ताेकिएका मानिसबाहेक याे समयमा घरबाट बाहिर ननिस्काैं ।
२. लकडाउन अवधिमा समस्यामा परेका मानिसहरुका लागि खाद्यान्न उपलब्ध गराउन संयन्त्र निर्माण गरी काम गर्ने
३. समुदायमा लक्षण देखिएका, विरामी परेका र ट्रेसिङमा परेका मानिसहरुकाे पहिचान गरी व्यापकरुपले पिसिआर परीक्षण गर्ने ।
४. पाेजिटिभ देखिएका विरामीलाई अाइसाेलेसनमा राखी कडा निगरानी गर्ने । विरामीकाे उपचारकाे व्यवस्थापन गर्ने । स्वास्थ्य परामर्श र तत्काल उपचार पाउने अवस्थाकाे सुनिश्चितता गर्ने ।
५. अस्पतालहरुमा पर्याप्तरुपले अक्सिजनकाे व्यवस्था मिलाउने ।
६. पाँचथर अस्पतालमा लामाे समयसम्म जडान नगरिएकाे पिसिअार ल्याव, अाईसियू र भेण्टिलेटर मेसिन चाँडाेभन्दा चाँडाे जडान गर्ने ।
७. काेभिडविरुध्दकाे खाेप चाँडाे हरेक नागरिकसम्म पुर्याउन पहल गराैं

यी सबै कार्यका लागि स्थानीय तह, प्रशासन र नागरिक सबै अा-अाफ्नाे क्षेत्रबाट जिम्मेवार भएर लाग्नु अावश्यक छ । हुल बाँधेर समवेदना, विवाह र भाेजमा सकृय हुने नभई दलका कार्यकर्ता याे समयमा स्वास्थ्य सुरक्षा अपनाएर अा-अाफ्नाे ठाउँबाट खाद्यान्न अापूर्ति, संक्रमितकाे व्यवस्थापन र बिरामीकाे उपचार व्यवस्थापनमा खट्नु पर्छ ।
राज्यका निकायहरु, संस्था, संगठन, जनप्रतिनिधि संकटमा चाहिने हाे । यिनकाे परिक्षा यहिबेला भइरहेकाे छ भन्ने नबिर्सौं ।

लवदेव ढुंगाना
उपाध्यक्ष
नेपाल पत्रकार महासंघ
१ नं. प्रदेश कार्यसमिति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार