दशकौंदेखि आलोपालो सरकार र प्रतिपक्षमा रहँदै आएका इलाम जिल्लाका नेपाली काँङ्ग्रेसका आदरणीय नेता केबी गुरुङ्गज्यु तथा एमालेका नेताद्धय आदरणीय झलनाथ खनाल तथा सुवाचन्द्र नेम्बाङ्गज्युहरु ।
आज तपाईंहरुले दशकौंदेखि प्रतिनिधित्व गर्दै आउनुभएको नेपालकै एक सुन्दर जिल्ला इलामका जनता सामान्य भन्दा सामान्य रोगको परीक्षण र उपचार गर्न अन्य जिल्लाहरू वा भारतका विभिन्न अस्पतालहरुमा धाइहेका छन् भन्ने समाचारहरुले तपाईंहरुको मन अलिकति पनि पोल्दैन ?
ल जनताले पाएको दु:खले त तपाईंहरुको मन पोलेनछ रे ! आज तपाइँहरुकै कार्यकर्ता समेत सामान्य परीक्षण र उपचार गर्न झापा,मोरङ्ग, सुनसरी, काठमाण्डौ वा भारतका विभिन्न अस्पतालहरुमा धाउँदा पनि तपाईंहरुलाई इलाम जिल्लामा एक गुणस्तरीय अस्पताल चाहिन्छ भन्ने आवश्यकता अझै बोध हुन सकेको छैन ?
स्वास्थ्य जस्तो जनताको यति संबेदनसिल र आधारभुत समस्याले समेत तपाईंहरुको कहिल्यै ध्यानाकर्षण हुनै सक्दैन भने तपाईंहरुको त्यो राजनीति केका लागि आदरणीय नेताज्युहरु ?
कमसेकम एक पटक आफ्नो जिल्लाका जनताको समस्या त बुझ्ने कोशिश गर्नुहोस् यो महामारीको अवस्थामा ।
तपाईंहरुलाई अहिलेको स्थानमा पुर्याउने यीनै इलामे जनता योगदान छैन त ?
भोलिका दिनमा यही ठाँउका कार्यकर्ता अवश्य्य चाहिन्छ । जिल्लाका नागरिकको स्वास्थ्य संकट प्रति उत्तरदायी बन्दै गृहजिल्लाका जनता आफ्नै हुन् एक पटक महसुस गरिदिनु हुन्छ कि ?
अरुण नेपाल (इलाम)