घट्न थाल्यो कोरोना संक्रमित संख्या, बढ्दै निको हुने दर

  नयाँ बुलन्द  224 पटक हेरिएको


पछिल्लो २४ घण्टामा ७३६८ संक्रमित, ६६४८ संक्रमणमुक्त, १४५ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षण गर्दा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सोही अवधिमा देशभर ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १४५ जनाको मृत्यु पुष्टि भएको छ । त्यस्तै गत २४ घण्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार