पाँचथरमा कोरोना संक्रमितको सख्या बढे संगै व्यवस्थापनमा चुनाैती

  बिष्णु अधिकारी
1k Shares

पाँचथर : कोभिड १९ को सङ्क्रमणको दर पाँचथरमा उच्च मात्रामा वृद्धि भएको छ । सर्वसाधरणहरुले ध्या न नदिदा कोरोना संक्रमण भुषको आगो झै सल्किएको छ । पाँचथरको उत्तर क्षेत्रमा रहेको याङ्वरक गाउपालिका वडा नंः २ मा रहेको पुजाबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको हो ।गाउँ गाउँमा सङ्क्रमितको सङ्ख्या रहेका छन् प्राय गाउँमा होम आईसुलेसनमा रहेको  प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालले जानकारी दिए ।

आइतबार सम्म्म जिल्लामा ११० जना सकृय संक्रमितहरु रहेका छन् । शनिबारमात्र जिल्लामा २७ जना कोराना संक्रमित भएको नतिजा आएको थियो ।  कोभिड १९ को सङ्क्रमण बढेसङ्गै पाँचथर अस्पतालमा १० वटा समर्पित अस्पताल मा १० वटा पाथिभरामा ३ वटा गरि जम्मा २३ बेड रहेका छन् सबै लेवल वानको कोभिड हस्पिटल बेडहरू प्याक रहेका छन् अब थप बिपद ब्यवस्थापन लागि बन्दै गरेका पाँचथर हस्पिटलको नयाँ भवनमा १० वेडको लेवल वान अस्थायि कोभिड वेड राख्ने  ढकालले जानकारी दिए ।

पाँचथर हस्पिटलमा जम्मा २ जना जी पि र ३ जना मेडिकल अफिसर रहेका छन् । कोभिड सङ्क्रमण ह्वात्तै बढेसङ्गै एक जना डक्टरले एक हप्तासम्म दैनिक १२ देखि १६ घण्टा काम गरिरहेका छन् । एक डिउटिमा ५ जना रहन्छन बिरामिको चाप हेरि खटिने गरेका छन् । हामिलाई स्टापको अभाब रहेको छ । पाँचथर हस्पिटलका छैटौ तहका हेल्थ असिस्टन सोम दङ्गालले जानकारी दिए ।

स्थानिय तहको सरकार यो महामारिमा के गरिरहेको छ । आफ्ना वडामा रहेका जनताको स्थिति के छ चासोको बिषय हुनुपर्ने हो । न त बनिएका वडा भवनलाइ क्वारेन्टाइन बनाउनु पर्ने हो किन स्थानिय सरकार कुइराको काग भएको छ । पाँचथरमा प्रत्यक्ष र समानुपातिक गरेर पाँचथरका दुई निर्वाचन क्षेत्रबाट ५ सम्सद रहेका छन् यो महामारिको बेला नेपाल सरकारले बेतलबि बसेका स्वास्थ जनशक्तिलाई काममा लगाउन जरूरत देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार