इलाम नगरपालिकामा मात्र ३७ जनामा कोरोना पोजेटिभ

  नयाँ बुलन्द
1.1k Shares

इलाम : इलाम नगरपालिकाका आज ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । नगरका ६६ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेलले बताइन् ।

इलाम नगरपालिकाले आजै एक विज्ञप्ति जारी गरी नगरप्रमुख महेश बस्नेतको पनि आज गरिएको एन्टिजेन्ट परीक्षणमा पोजेटिभ देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेशनमा रहेको जनाइएको छ ।

यसरीनै नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्यले पनि एन्टिजेन्ट परीक्षणमा आफूलाई पोजेटिभ देखिएको र स्वास्थ्यअवस्था सामान्य रहेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार