पाँचथरमा दिनहुँ कोरोना संक्रमितको संख्या वृद्धि,आज सम्म एक सय नाघ्यो

  शंकर चापागाईं
525 Shares

 


पाँचथर : केहि दिन यता पाँचथरमा तिब्र रूपमा फैलिएको कोरोना संक्रमितको संख्या १ सय ३ पुगेको छ ।

आज थप २७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ सय ३ पुगेको हो ।
आज जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा ७ जनामा र तीन दिन अघि जिल्ला अस्पताल पाँचथरमा स्वाव संकलन गरिएका ५२ जना मध्ये २० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको कोभिड १९ डिस्टिक फोकल पर्सन तेज बहादुर तुम्बापोले जानकारी दिनुभयो ।
कोरोनाका कारण जिल्लामा १ जनाक‍ो ज्यान गएको छ भने १ जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार