फाल्गुनन्दका २ जना सहित पाँचथरमा थपिए ७ संक्रमित

  युद्धबहादुर बोहोरा
2k Shares


पाँचथर : पाँचथर अस्पताल फिदिममा शनिबार एन्टिजेन परीक्षण गराएका ११ मध्ये सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये छ जना पुरुष र एक महिला रहेको कोभिड १९ डिस्टिक फोकल पर्सन तेज तुम्बापोले जानकारी दिए ।
उनका अनुसार फिदिम नगरपालिकाका चार,फाल्गुनन्द गाँउपालिकाका वडा नम्बर ४ स्थित राँकेको इन्भेस्टमेन्ट बैंकमा कार्यरत ३८ र २८ वर्षिय दुबै जना पुरुष रहेको बताइएको छ ।

त्यस्तै, हिलिहाङ गाँउपालिकाका एक जनामा संक्रमण देखिएको हो । पाँचथरमा हाल सम्म ८३ जना सक्रिय कारोना संक्रमित रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार