प्रधानमन्त्रीको सपथ ग्रहणमा “दम्भ”,प्रतिज्ञा शब्दको इन्कार !

  नयाँ बुलन्द  454 पटक हेरिएको

 

(गोपेन्द्र प्रसाद रिजाल)

औपचारिक समारोहमा राष्ट्रिय पोसाकमा देशको सर्वोच्च पद राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्री । कार्यक्रम सपथ ग्रहण ।
संवैधानिक अंगका सबै जसो प्रमुखहरुको उपस्थिति । कोट्याउन र छोट्याउन खोजेको के मात्र हो भने समारोहमा कार्यकारी प्रमुख प्रधानमन्त्रीज्युले लिने सपथ ग्रहणको व्यहोरामा प्रयोग भएको प्रतीज्ञा शब्दको इन्कार । राष्ट्रपति जस्तो गरिमामय पदले प्रयोग गर्नु भएको शब्द भन्न इन्कार गर्नुको पछाडी एउटै शब्द लुकेको देखिन्छ “दम्भ” ।

प्रधानमन्त्री ज्युले अनौपचारी रुपमा के बोल्नु हुन्छ त्यस्ले त्यति धेरै महत्व नराख्ला तर यस्तो सर्वोच्च समारोहमा राष्ट्र पतिज्युलाई महाभारतको भीष्म पितामहको स्थितिमा देख्दा लेख्न मन लाग्यो । दम्भले मान्छेलाई उठ्न दिँदैन भन्ने कुरा प्रधानमन्त्री ज्युलाइ पक्कै थाहा छ ।
धनुर्धर अर्जुनसंग (जस्ले महाभारतको युध्द सम्पन्न गर्नु पर्ने थियो) थोरै दम्भ भएको बुझेर कृष्णले हनुमानको सहायताबाट अर्जुनलाइ आफुभित्र दम्भ भएको मससुस गराएका थिए ।
वहासँग त्यस्ता सल्लाहकार हुनुहुन्छ नै होला । प्रधानमन्त्रीले मन्त्रीहरुलाई सपथ लिन लाउदा वहाँहरुले यो शब्द भन्नू पर्दैन भन्नू भयो भने वहाँको मनोदशा कस्तो हुन्छ ।
राष्ट्रपतिज्युको पनि त्यही मनोदशा भएको हुनुपर्छ र त हाँसेर टार्ने प्रयत्न गर्नुभयो । त्यो विवाद गर्ने स्थान पनि होइन । प्रधानमन्त्रीज्यु देशको लागि ठुला सपना देख्नु भएको छ । सबै पूरा हुन्छ्न पनि तर दम्भ त्याग गर्न नसके फेरि घरको छतमा बसेर रकेटमा उडेको कल्पना गर्दा उड्नै खोजियो भने भुइमा पछारिन्छ पनि । गलत अर्थ नलागोस देश र जनताको लागि जीवन त्याग्न सक्नेले दम्भ पनि त्यागी दिनुस्।
संचार माध्यमको मसला बनेर , टिकटिकमा भाइरल भएर केही फरक पर्दैन फरक पार्छ त केवल आफै भित्र भएको दंभले । सल्लाहकारज्युहरुले पनि सहि सल्लाह दिनुहोस बरु विदुरले झैँं राजसभा त्याग गर्नु परे परोस्।
आफ्ना पार्टिका सभासदहरु त मन मिल्ने जति बेलुका बसेर बुढाले यसो नगर्या भए हुन्थ्यो भन्ने मात्र हो ।

(यो कुनै आग्रह वा पूर्वाग्रहले ग्रसित भएर होइन, शुभचिन्तकको नाताले मात्र हो )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार