“महामारी अन्त्य होस् अनि भ्रमण गरौंला”तबसम्म फिदिमको आफ्नै घरमा

  नयाँ बुलन्द  260 पटक हेरिएको

दुर्गा खनाल

भनिन्छ –‘बास्तविकता भन्दा कल्पना निकै मिठो अनि सुन्दर हुन्छ ।’ यतिखेर म यस्तै स्वणिम कल्पनमा डुबुल्कि मारिरहेको छु । बिगतमा मलाई बास्तविक संसारभन्दा बाहिर जाने फुर्सद नै भएन । फुर्सद भएपनि सञ्चार कर्ममा तल्लिन एउटी सञ्चारकर्मीले बास्तविकताको धरातल छाड्न कहिल्यै सकिन । यतिखेर म घरभित्रबाट यथार्थताको धरतललाई टेकेर मिठो कल्पनाको संसारमा डुबुल्कि मारिहेकी छु ।

कोरोना महामारीले बिश्वनै आक्रान्त बनेको छ । महामारीबाट नेपाल पनि अलग हुन सकेन÷छैन । यसबाट बच्न हामी सक्दो प्रयास गरिरहको छौँ । म पनि घरमै बसेर कोरोनाको शिकार हुनबाट बच्ने कोसिश गरिरहेकी छु । महामारी मानिसहरुका लागि बिपत्तिको भयानक रुप हो । तर, कतिपयका लागि महामारी अवसर पनि बन्दो रहेछ । जुन अवसर मैले प्राप्त गरेकी छु र उपभोग गर्दैछु ।

कोरोना महामारीले मलाई मिठो कल्पनामा कल्पित हुने अवसर जुराएको छ । जुन कल्पना बास्तबिताको प्रतिबिम्ब हो । कल्पना भन्नु नै घटना, बस्तु र दृश्यहरुबाट भौतिक रुपमा टाढा रहेर गरिने मिठो तुलना रहेछ । अधिकांश कल्पना मिथ्या हुन्छन् । तर, केही कल्पनाहरु यथार्थमा आधारित हुन्छन् । अहिले म बास्तविकतालाई टेकेर कल्पनाको पोखरीमा पौडीरहेकी छु । फिदिम नगरपालिकाका धामिर्क तथा पर्यटकीय गन्तव्यहरु मेरो कल्पनाको बिशाल पोखरीमा छचल्किन थालेका छन् ।

यतिखेर म घरमै बसेर फिदिम नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको भ्रमण गरिरहेको छु । सुन्दा अचम्म लाग्न सक्छ, घरमै बसेर भ्रमण गरेको ! हो म कल्पनामा डुबेर भ्रमण गरिहेकी छु । जहाँ बास्तविकताहरु कल्पनामा तैरीरहेका छन् ।

कोरोना महामारीले मलाई मिठो कल्पनामा कल्पित हुने अवसर जुराएको छ । जुन कल्पना बास्तबिताको प्रतिबिम्ब हो । कल्पना भन्नु नै घटना, बस्तु र दृश्यहरुबाट भौतिक रुपमा टाढा रहेर गरिने मिठो तुलना रहेछ । अधिकांश कल्पना मिथ्या हुन्छन् । तर, केही कल्पनाहरु यथार्थमा आधारित हुन्छन् । अहिले म बास्तविकतालाई टेकेर कल्पनाको पोखरीमा पौडीरहेकी छु ।
१ नम्बर प्रदेशको पुर्वी क्षेत्रमा पर्ने मध्यपहाडी जिल्ला हो पाँचथर । पाँचथरको सदरमुकामलाई फिदिम भनिन्छ । आफ्नै सामरिक र ऐतिहासिक पहिचान बोकेको पाँचथरमा १ नगरपालिका र ७ गाउँपालिका छन् । फिदिम समुन्द्र सतहबाट १३८० फिट देखी १०७३७ फिटको उचारमा अवस्थित जिल्ला हो । नगरपालिकाको होचो स्थान माझिटारदेखि सबैभन्दा अग्लो लुङरुपाको छिन्तापु डाँडासम्म फिदिम फैलिएको छ ।

उपत्यकाजस्तै देखिने फिदिम सुन्दर पहाडहरुले घेरिएको छ । जसको उत्तर तर्फ गडी डाँडा छ । जहाँ येले सम्वत ३६६०–४८३४ सताब्दीमा स्थापित खाम्बोङवा लुङबोङबा किरात याक्थुृङ थिबोहाङ दश किरात याक्थुङबाहरुले किरात याक्थुङ लाजेमा स्थापना गरेको पवित्र देवस्थल सुम्हालुङ मन्दिर अवस्थित छ । परापुर्व कालमा किरात येहाङ्ग आठ राजा सँग युद्ध लड्न शक्ति मागी युद्ध लड्दा विजय प्राप्त भएको मान्यता छ । फिदिम ४ गढीमा अवस्थित सुम्हात्लुङ मन्दिरलाई एक प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा मानिन्छ । यो मन्दिरमा विभिन्न ठाउँबाट किराँत धर्मालवम्बी आएर पुजा गर्ने गर्दछन । नेपालका पुर्व राजा ज्ञानेन्द्र शाहा पनि वि.सं. २०७५ साल चैत्र १९ गते सुम्हालुङ मन्दिरमा आएर पुजा गरेका थिए ।

बजारको दक्षिण तर्फ फिदिम १ स्थित शिवालय मन्दिर छ । वि.सं.२०३६ सालमा स्थापना भएको शिवालय मन्दिर परिसरमा शिव, राधाकृष्ण, गणेश र श्विकर्मा बाबाको समेत मन्दिरहरु रहेका छन् । सयौँ वर्ष पुराना बर पिपल तथा सल्लाका रुखहरु समेत रहेको मन्दिरमा दर्शन गर्न पाँचथर जिल्ला लगायत अन्य विभिन्न ठाउँहरुबाट भक्तजनहरु आउने गर्छन् ।

श्रावण महिनाको सोमबार, शिवरात्री, हरितालिका तीज, जनै पुर्णिमा, विश्वकर्मा पुजा, कृष्ण अष्टमी जस्ता चार्डपर्वहरुमा भक्तजनहरुको घुँइचो लाग्ने गर्छ । यही मन्दिर अगाडी राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको शालिक स्थापना गरिएको छ । फाल्गुनन्दको १३४ औँ जन्मजयन्तीको अवसर पारेर २०७५ साल कात्तिक २५ गते शालिक स्थापना गरिएको हो । १२.८ फिट अग्लो यो शालिक अहिलेसम्मकै सबैभन्दा ठूलो भन्ने गरिन्छ ।

फिदिम बजारदेखि ७ कि.मि. दुरुमा थाक्ले मन्दिर छ । यो मन्दिरलाई सिंहदेवी मन्दिरको नामले पनि चिनिन्छ । यो मन्दिरको आफ्नै विशेषता छ । वि.सं.१९८० साल तीर त्यहाँ रहेको गुफामा बाघ भेटिने गर्दथ्यो । बाघले दुःख दिने गरेपछि स्थानीयले त्यस ठाउँमा पुजा गरेपछि बाघले दुःख दिन छोडेको किम्बदन्ति छ ।

वि.सं. २०५३ सालमा विधिवत रुपमा सिंहदेवी मन्दिरको स्थापना गरी गणेश, राधाकृष्ण, शिव, पार्वती, सरस्वती आदीको मुर्ती स्थापना गरी पुजा गरिन्दै आएको छ । हिन्दु धर्मालवम्बीहरुको धार्मिक स्थल थाक्ले मन्दिर फिदिमको एउटा रमणिय धार्मिक स्थल हो । यहाँबाट सलल बगेको तमोर नदी बगेको देख्न सकिन्छ । डाँडामा चल्ने चिसो हावा, सल्ला र सालको शुसेली सुन्दै पत्थरमा कुँदिएका मुर्तीहरु हेर्दा चरम आनन्दको अनुभुति हुन्छ । यहाँ नुमा बुढी बज्यु, गणेश, देवी आदिका मुर्तीहरुलाई अवलोकन गर्दै तेह्रथुमका विभिन्न ठाउँहरु अवलोकन गर्न सकिन्छ ।

पाँचथरको हिलिहाङ, तेह्रथुमको आठराइ गाउँपलिका र फिदिम ४ को सिमारेखा भएर बग्ने तमोर नदी फिदिमका लागी आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाईमा परेको छ । माझि जातिको बसोबास रहेको यो ठाँउमा पुग्न फिदिम बजारदेखि १३ कि.मी. पार गर्नुपर्छ । यहाँ खोलामा पाईने स्वादिष्ट लोकल माछा खान पाइन्छ ।

हिलिहाङको पिनासी घाटदेखी माझिटार सम्मको १३ कि.मी.¥याफ्टिङ सञ्चालनले तमोर नदी आकर्षणको केन्द्र बनेको छ । जाडो याममा न्यानोका लागी र गर्मी याममा ¥याफ्टिङ सँसँगै पौडी खेल्नका लागी आनन्द लिने ठाउँ बनेको छ माझिटार ।

फिदिमको अर्को महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थल लब्रेकुटी हो । फिदिम ३ र ५ को सिमानामा रहेको यस ठाउँ किरात धर्मका महागुरु फाल्गुनन्दले ध्यान, होमादी गरी लामो समय बिताएको पवित्र भुमी लब्रेकुटी पुग्दा अत्यन्तै शान्ति महसुस हुन्छ ।

फराकिलो क्षेत्रफलमा फैलिएको हरियो बन भित्र रहेको महागुरुको शालिक, मन्दिर तथा यज्ञकुण्ड रहेको छ । यहाँ प्रेम जोडीले सात फन्का परिक्रमा गरे सोचेको पुरा हुने जनविश्वस छ । यो ठाँउ प्राकृतिक रुपमा साच्चिकै मनमोहक छ ।
वसन्त ऋतुमा फुलेको रातो लालिगुराँस र चराचुरुङ्गीको आवाजले यो ठाउँ स्वर्गको एक टुक्रा जस्तै लाग्छ । वि.सं. १९८८ बैशाख २४ गते दश लिम्बू सत्र थुमका, गन्य मान्यको बृहत भेलाबाट दश बुँदे सत्य धर्म मुजुल्का पारित भएको ठाउँ लब्रेकुटी आन्तरिक र बाह्य पर्यटकहरुको लागी राम्रो आकर्षणको केन्द्रबिन्दु हो ।

महागुरु फाल्गुृनन्दको समाधी स्थल रहेको अर्को ठाउँ हो सिलौटी । यहाँ फिदिम बाट २१ कि.मी.को दुरीमा रहेको पौवा भञ्ज्याङबाट करिब २ कि.मी. कच्ची सडक पार गरी पुग्न सकिन्छ । महागुरुले भगवान छन् भनि आफ्ना चेलालाई खन्न लगाउँदा त्यहाँ शिला भेटिएकोले उक्त ठाउँको नाम शिलौटी बन्न गएको भन्ने मान्यता रहेको छ । अहिले महागुरु चिर निन्द्रामा हुनुहुन्छ । फराकिलो चौर, हरियो बन, वरिपरी हरियो पहाड देखिने यो ठाँउ पुग्दा सम्पूर्ण दुःख नै हरण भएको महशुस हुन्छ ।

यती कुरा गरिरहँदा पौवा भञ्ज्याङको सुन्दरताको वर्णन नगरी हुँदैन । समुन्द्री सतहबाट ८३०० फिटको उचाइमा रहेको पौवामा चिटिक्क परेको बजार छ । जहाँ हरेक घरमा सुन्दर फुलहरु फुलिरहेका हुन्छन् ।

पौवाबाट करिब १.५ कि.मी. कच्चि सडक पार गरेपछि साधुटार पुगिन्छ । फिदिम ८ इथुङमा रहेको साधुटारमा हरियो चौरको बीचमा भएको निलो पोखरीमा टल्कने सेतो हिमालको छायाले सबैको मन लोभ्याउँछ । धुपीका रुख, रातो निलो जस्तापाताका घर सबै पोखरीकै छायाँमा सुन्दर देखिन्छ । साधुटारको सुन्दरताले छोटो समयमानै राम्रो चर्चा कमाउन सफल भएको छ । यस ठाउँमा धेरै म्युजिक भिडियो र नेपाली चलचित्रका गीत समेत छायाङकन् भईसकेका छन् ।
पौवा भञ्ज्याङबाट नजिकै रहेको सुकेपोखरी र लोहाकिल पनि पयर्टकहरूको रोजाइको गन्तव्य हो । फिदिम १४, फाल्गुनन्द गाउँपालिका ३ र इलाम जिल्लाको सिमानामा पर्ने लोहाकिलबाट सूर्योदय हेर्न सकिन्छ । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण, सगरमाथा लगायत दर्जनौ हिमश्रृंखलाहरुको मनोरम दृश्य हेर्न सकिन्छ ।

पछिल्लो समय सुकेपोखरी तथा लोहाकिल क्षेत्रमा दर्जनौ गितहरुको छायांकन गरिएको छ । के मायाँ लाग्छ र ? तिम्रो घरको वरिपरि, देखेर तिमिलाई …. जस्ता सुपर हिट गितको छायाँकन गरिएको हो । यस क्षेत्रमा १२ प्रजातिका लालिगुराँस पाइन्छ । यो ठाँउलाई लोपोन्मुख जडिबुटि पाइने महत्वपूर्ण स्थानको रुपमा लिइन्छ ।

यी ठाउँहरु फिदिमका धामिर्क तथा पर्यटकीय गन्तव्यहरु हुन् । यी बाहेक ओझेलमा परेका अन्य ठाउँहरु पनि छन । फिदिम २ मा भ्यु टावर, फिदिम बजारमै बीपी पार्क तथा तिरतिरेमा शिव मन्दिर, ओदीनडाँडा जस्ता थुप्रै धार्मिक तथा पर्यटकीय स्थलहरु छन । कती ठाउँका आकर्षक गन्तव्यहरु प्रचार प्रसारको अभावले ओझेलमा छन् ।

मैले बास्तविक रुपमा देखेका कुराहरुलाई घरमै बसेर शब्द संयोजन मार्फत तपाईहरुलाई पस्कने कोसिश गरेको छु । यो महामारीको बेला बिगतका अनुभव र अनुभुतिहरुलाई शब्दमा संयोजन गरौँ भन्ने मेरो अनुरोध छ । कुनै न कुनै दिन विश्वमा “महामारी अन्त्य होस् अनि भ्रमण गरौंला”तबसम्म म त फिदिमको आफ्नै घरमा हुन्छु,सबैले यस्तै गरुँ पक्कै कोरोनाको संक्रमण चेन ब्रेेक हुनेेछ। -जोरपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार