म्याङ्लुङको मेयर तुम्बाहाङफे चढ्ने गाडी बिरामी बोक्नमा प्रयोग

  टीआर सेनेहाङ
308 Shares

तेह्रथुम : म्याङलुङ नगरपालिकाका मेयर सञ्जय कुमार तुम्बाहाम्फेले आफुले चड्ने गाडि नगरबासिलाई सुरक्षित राख्नका लागि भन्दै एम्बुलेन्शको रुपमा प्रयोग गर्नुभएको छ ।शुक्रवार आफनै घरमा पत्रकारहरु संग कुरा गर्दै उहाँले जनप्रतिनिधि भनेको जनताको सेवक भएकाले आफुहरु सदैव जनताको सेवामा लागिपरीरहेको र आगामि दिनमा समेत यस्ता कार्यहरु गर्दै जाने प्रतिवद्धता जनाउनुभएको छ ।

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस पुन  नयाँ भेरीयन्स सहित तिव्र गतिले बढिरहेको हुनाले नगरबासिलाई सुरक्षित राख्नका लागि जारी लकडाउनलाई निरन्तरता दिने नगर बिपत व्यावस्थापन समितिले निर्णय गरेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमित अझ बढ्दै गएकाले नगरबासिलाई सुरक्षित राख्नका लागि जेष्ठ १ गतेबाट पुनः ७ गते सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरीएको नगर प्रमुख तुम्बाहाम्फेले बताउनुभयो ।

सदरमुकाम लगायत नगर क्षेत्रका अन्य स्थानमा लाग्ने हाट बजारमा अत्यवश्याक वस्तु तथा सेवा, खाद्यन्न, औषधि पसल, तरकारी, फलफुल, माछामासु, दुग्ध डेरी बाहेक अन्य सम्पुर्ण वस्तु तथा सेवाका पसलहरु बन्द गरीएको उहाँले जानकारी गराउनुभएकोछ । साथै अत्यवश्याक कामबाहेक घरबाहिर ननिस्कन र निस्कनै पर्ने भएमा माक्स लगाएर मात्र निस्कने, अनावश्याक भिडभाड नगर्ने साथै घरमा बस्दा समेत श्वास्थ्य सम्बन्धी मापदण्डको पुर्ण रुपमा पालना गर्नहुन समेत सम्पुर्णमा नगरपालिकाले भनेको छ । यस्तै कन्ट्रयाक्ट ट्रेसिङमा परेका तथा कोभिड १९ परीक्षणका लागि स्वाब दिएका व्याक्तीहरु अनिवार्य रुपमा कडाईका साथ होम आईसोलेसनमा बस्नु पर्ने जनाईएको छ । यस्तै जिल्ला बाहिरबाट आएका मानिसहरुले अनिवार्य रुपमा २ हप्ता सम्म होम क्वारेन्टाईनमा बस्नुपर्ने र अति आवश्याक काम बाहेकका सम्पुर्ण सवारी साधनहरुले आयागमन गर्न नपाउँने निर्णय गरीएको छ ।अहिले सिँहवाहिनि माविमा २० बेडको क्वारेन्टाईन निमार्ण गरी तयारी अवस्थामा रहेको र संक्रमितको अवस्था हेरी क्वारेन्टाईन थप्दै जाने नगर प्रमुखले बताउनुभएको छ ।

यसैगरी निमार्णधिन मध्यपहाडि लोकमार्ग अन्तरगत म्याङलुङ जिरीखिम्ती सडक खण्डमा वर्षातका कारण सवारी आवागमनमा कठिनाई भएकाले सम्बन्धीत ठेकेदारसँग समन्वय गरी सवारी आवागमनलाई सहज बनाउँने निर्णय गरीएको समेत नगर प्रमुख तुम्बाहाम्फे बताउनुभएको छ । म्याङलुङ नगरपालिका भित्र रहेका नगरबासिमा कुनै जटिल खालको समस्य आएमा वा कुनै समस्य भएमा तुरुन्त सम्पर्क राख्नहुन समेत सम्पुर्ण नगरवासिमा उहाँले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार