काँग्रेसको क्रियाशील सदस्यता विवरण सार्वजनिक

काठमाडौँ: नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परि पत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ।

काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइट https://www.nepalicongress.org/ मा आज सार्वजनिक गरेको हो।

सुरुआतमा ४५ जिल्लाका ८० प्रतिनिधिसभा निर्वाचन क्षेत्रका केहीको नवीकरण र नयाँ तथा केहीको नवीकरण मात्रको प्रस्तावित नामावली सरोकार पक्षको जानकारीका लागि सार्वजनिक गरिएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए। काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गतेको निर्णयअनुसार उक्त विवरण सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार